अमेरिकामा गायक युवराज चौलागाईंलाई सम्मान
सारांश
- अमेरिकाको न्युजर्सीस्थित जर्सी सिटी काउन्सिलले नेपाली पार्श्व गायक, सङ्गीतकार तथा कलाकार युवराज चौलागाईंलाई नेपाली सङ्गीत, संस्कृति र प्रवासी नेपाली समुदायमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको छ ।
- सम्मानपत्रमा चौलागाईंलाई नेपाली संगीतको समकालीन यात्रामा एक प्रभावशाली र प्रेरणादायी व्यक्तित्वका रूपमा चित्रण गरिएको छ ।
- उनले चलचित्र तथा समकालीन सङ्गीत विधामा गरी ४०० भन्दा बढी गीत रेकर्ड गराइसकेको चर्चा गर्दै, यस ऐतिहासिक उपलब्धिले उनलाई नेपाली सङ्गीत जगत्मा एक स्थापित र सम्मानित कलाकारका रूपमा प्रमाणित गरेको सम्मानपत्रमा उल्लेख छ ।
न्युजर्सी । अमेरिकाको न्युजर्सीस्थित जर्सी सिटी काउन्सिलले नेपाली पार्श्व गायक, सङ्गीतकार तथा कलाकार युवराज चौलागाईंलाई सम्मान गरेको छ । नेपाली सङ्गीत, संस्कृति र प्रवासी नेपाली समुदायमा पुर्याएको योगदानको कदर गर्दै उनलाई औपचारिक सम्मान प्रदान गरिएको हाे ।
सम्मानपत्रमा चौलागाईंलाई नेपाली संगीतको समकालीन यात्रामा एक प्रभावशाली र प्रेरणादायी व्यक्तित्वका रूपमा चित्रण गरिएको छ।सिटी हलमा आयोजित एक समारोहबीच उक्त सम्मानपत्र हस्तान्तरण गरियो। जर्सी सिटीका मेयरद्वारा नियुक्त ‘विविधता र समावेशीकरण सल्लाहकार’ एवं न्युजर्सीका गभर्नरको ‘एशियन अमेरिकन प्यासिफिक आइल्यान्डर कमिसन’ की कमिस्नर डा. विष्णुमाया परियारले उक्त सम्मानपत्र चौलागाईंलाई हस्तान्तरण गरेकी थिइन्।
काउन्सिलम्यान एट लार्ज रोलान्डो लभारोले हस्ताक्षर गरेको सम्मानपत्रमा चौलागाईंले दुई दशकभन्दा लामो समयदेखि नेपाली सङ्गीत क्षेत्रमा पुर्याउनुभएको योगदानलाई विशेष रूपमा उल्लेख गरिएको छ।
उनले चलचित्र तथा समकालीन सङ्गीत विधामा गरी ४०० भन्दा बढी गीत रेकर्ड गराइसकेको चर्चा गर्दै, यस ऐतिहासिक उपलब्धिले उनलाई नेपाली सङ्गीत जगत्मा एक स्थापित र सम्मानित कलाकारका रूपमा प्रमाणित गरेको सम्मानपत्रमा उल्लेख छ।
सम्मानपत्रमा चौलागाईंको कलात्मक यात्रालाई केवल गीत गायन वा सङ्गीत सिर्जनामा मात्र सीमित नराखी नेपाली साङ्गीतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने, नयाँ पुस्ताका कलाकारलाई मार्गदर्शन गर्ने र नेपाली सङ्गीत सम्पदाको जगेर्ना गर्ने एक सशक्त सांस्कृतिक व्यक्तित्वका रूपमा प्रस्तुत गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण