शेयर कारोबारको पुँजीगत लाभकर आजदेखि बढ्यो
शुक्रबार, ०१ साउन २०८३, ०९ : ११
सारांश
- शेयर कारोबारबाट हुने नाफामा लाग्दै आएको पुँजीगत लाभकर आजदेखि बढेको छ ।
- आर्थिक वर्ष २०८३/८४ को आर्थिक ऐनमा उल्लेख भए बमोजिम आजदेखि यस्तो लाभमा कर बढ्न लागेको हो ।
- अब एक वर्षभित्र शेयर बेचेमा १० प्रतिशत र एक वर्षपछि बेचेमा ७.५ प्रतिशत लाभकर लाग्नेछ ।
काठमाडौँ । शेयर कारोबारबाट हुने नाफामा लाग्दै आएको पुँजीगत लाभकर आजदेखि बढेको छ ।
आर्थिक वर्ष २०८३/८४ को आर्थिक ऐनमा उल्लेख भए बमोजिम आजदेखि यस्तो लाभमा कर बढ्न लागेको हो ।
अब कुनै व्यक्तिले शेयर किनेको एक वर्षभित्र त्यस्तो शेयर बेच्छ र त्यसबाट नाफा गर्छ भने त्यस्तो १० प्रतिशत कर लाग्नेछ ।
त्यस्तै किनेको एक वर्षभन्दा लामो अवधिपछि बिक्री गर्दा हुने लाभमा ७.५ प्रतिशत लाभकर लाग्नेछ ।
यो गत आर्थिक वर्षमा क्रमशः ७.५ प्रतिशत र ५ प्रतिशत रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
-
वीरेन्द्रनगरको भिजिट कर्णाली दोहोरी साँझ बाहिर खुकुरी प्रहार, ३ जना पक्राउ, एक फरार
-
लुतो फालेझैँ अधिनायकवादी र लोकतन्त्रविरोधी सोच पनि फालौँ : भीष्मराज आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण