लुतो फालेझैँ अधिनायकवादी र लोकतन्त्रविरोधी सोच पनि फालौँ : भीष्मराज आङ्देम्बे
सारांश
- प्रमुख विपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले नेपाली राजनीतिबाट अधिनायकवादी सोच, लोकतन्त्रविरोधी प्रवृत्ति, दमन, अन्याय र भ्रष्टाचारलाई सदाका लागि बिदा गर्नुपर्ने बताएका छन् ।
- उनले साउने संक्रान्तिमा लुतो फालेर रोग र अशुभलाई बिदा गरेझैँ लोकतन्त्रविरोधी प्रवृत्ति, दमन, अन्याय, भ्रष्टाचार र अधिनायकवादी सोचलाई पनि बिदा गर्नुपर्ने बताएका छन् ।
- आङ्देम्बेले देशमा निरङ्कुश शासकीय प्रवृत्ति बढ्दै गएको, नागरिक अधिकारमाथि हस्तक्षेप भइरहेको र निमुखा जनताको आवाज दबाउने प्रवृत्ति बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेपाली राजनीतिबाट अधिनायकवादी सोच, लोकतन्त्रविरोधी प्रवृत्ति, दमन, अन्याय र भ्रष्टाचारलाई सदाका लागि बिदा गर्नुपर्ने बताएका छन् ।
साउने संक्रान्ति तथा लिम्बू समुदायले मनाउने सिसेःक्पा तङ्नामको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उनले भने, ‘साउने संक्रान्तिमा लुतो फालेर रोग र अशुभलाई बिदा गरेझैँ अब हामीले लोकतन्त्रविरोधी प्रवृत्ति, दमन, अन्याय, भ्रष्टाचार र अधिनायकवादी सोचलाई पनि सदाका लागि बिदा गर्नुपर्छ ।’
आङ्देम्बेले देशमा निरङ्कुश शासकीय प्रवृत्ति बढ्दै गएको दाबी गर्दै नागरिक अधिकारमाथि हस्तक्षेप भइरहेको र निमुखा तथा निर्धन जनताको आवाज दबाउने प्रवृत्ति बढेको भन्दै चिन्ता प्रकट गरेका छन् ।
उनले लोकतन्त्रको केन्द्रमा जनता हुनुपर्ने र जनतालाई शासनको विषय नभई राज्यशक्तिको केन्द्रका रूपमा स्वीकार गर्नुपर्नेमा जोड दिएका छन् ।
‘जनता नै सार्वभौमसत्ताको स्रोत हुन् भन्ने लोकतान्त्रिक मान्यतालाई व्यवहारमा स्थापित गर्दै संविधान, विधिको शासन, सामाजिक न्याय र समृद्ध नेपालको निर्माणमा साउने संक्रान्ति र सिसेस्क्पा तङ्नाम पर्व प्रतिबद्धताको दिन पनि बनोस्,’ उनले भने ।
आङ्देम्बेले साउने संक्रान्ति, सिसेःक्पा तङ्नामजस्ता पर्वले प्रकृतिप्रतिको सम्मान, श्रमको मूल्य, सहअस्तित्व र समृद्धिको सन्देश दिने पनि उल्लेख गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
-
वीरेन्द्रनगरको भिजिट कर्णाली दोहोरी साँझ बाहिर खुकुरी प्रहार, ३ जना पक्राउ, एक फरार
-
लुतो फालेझैँ अधिनायकवादी र लोकतन्त्रविरोधी सोच पनि फालौँ : भीष्मराज आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण