चिनियाँ साइबर ह्याकरहरूले अमेरिकीहरूको सूचना सङ्कलन गरेको दाबी
सारांश
- चिनियाँ साइबर ह्याकरहरूले अमेरिकी नागरिक तथा सरकारी अधिकारीहरूबारे व्यापक रूपमा सूचना सङ्कलन गरेको गोप्य गुप्तचर कागजातहरूले दाबी गरेका छन्।
- कागजातअनुसार चिनियाँ ह्याकरहरूले तत्कालीन राष्ट्रपति पदका उम्मेदवार जो बाइडेनको सन् २०२० को चुनावी अभियानसँग सम्बन्धित कर्मचारीहरूको इमेल खाताहरूको निगरानी गर्ने प्रयास गरेका थिए।
- यी कागजातहरूले चिनियाँ गुप्तचर निकायहरूले करोडौं अमेरिकी नागरिकको व्यक्तिगत तथा डिजिटल जानकारी सङ्कलन गर्ने दीर्घकालीन प्रयास गरिरहेको चित्र प्रस्तुत गरेका छन्।
वाशिङटन डीसी । चिनियाँ साइबर ह्याकरहरूले अमेरिकी नागरिक तथा सरकारी अधिकारीहरूबारे व्यापक रूपमा सूचना सङ्कलन गरेको ट्रम्प प्रशासनले बिहीबार सार्वजनिक गरेका गोप्य गुप्तचर कागजातहरूले दाबी गरेका छन्।
सार्वजनिक गरिएका कागजातहरूमा चीनले साइबर जासुसी गरेको उल्लेख भए पनि अमेरिकी निर्वाचनमा प्रत्यक्ष साइबर आक्रमण गरेर परिणाम प्रभावित पारेको प्रमाण भने प्रस्तुत गरिएको छैन।
कागजातअनुसार चिनियाँ ह्याकरहरूले तत्कालीन राष्ट्रपति पदका उम्मेदवार जो बाइडेनको सन् २०२० को चुनावी अभियानसँग सम्बन्धित कर्मचारीहरूको इमेल खाताहरूको निगरानी गर्ने प्रयास गरेका थिए। एक गुप्तचर प्रतिवेदनमा चिनियाँ समूहले अभियानसँग सम्बन्धित नेटवर्कको नक्साङ्कन गर्दै भविष्यमा थप साइबर पहुँचका लागि तयारी गरेको उल्लेख छ।
अन्य प्रतिवेदनहरूमा चिनियाँ सरकारी निकायसँग सम्बन्धित ह्याकरहरूले अमेरिकाका विभिन्न राज्यका मतदाता दर्ता सम्बन्धी विवरण डाउनलोड गरेको उल्लेख गरिएको छ। तीमध्ये केही विवरण भने सार्वजनिक रूपमा उपलब्ध रहेका थिए। यद्यपि ती तथ्याङ्क प्रयोग गरेर चीनले निर्वाचनमा प्रत्यक्ष हस्तक्षेप गरेको वा मतदातालाई लक्षित अभियान सञ्चालन गरेको प्रमाण कागजातमा उल्लेख छैन।
गुप्तचर विश्लेषणमा संकलित व्यक्तिगत विवरण भविष्यमा साइबर जासुसी, कम्प्युटर सञ्जालमा घुसपैठ वा निर्वाचनमा प्रभाव पार्ने अभियानका लागि प्रयोग हुन सक्ने सम्भावना औँल्याइएको छ। तर यस्ता विवरण सङ्कलन गर्नुको वास्तविक उद्देश्य भने स्पष्ट नभएको प्रतिवेदनमा उल्लेख छ।
यी कागजातहरूले चिनियाँ गुप्तचर निकायहरूले करोडौं अमेरिकी नागरिकको व्यक्तिगत तथा डिजिटल जानकारी सङ्कलन गर्ने दीर्घकालीन प्रयास गरिरहेको चित्र प्रस्तुत गरेका छन्। अमेरिकी अधिकारीहरूले यसअघि पनि सरकारी निकाय, स्वास्थ्य सेवा प्रदायक तथा अन्य संस्थामाथि भएका ठूला साइबर आक्रमणपछि चीनसँग अमेरिकी नागरिकहरूको विशाल परिमाणको व्यक्तिगत विवरण पुगेको चेतावनी दिँदै आएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि तथा पशुपन्छी कार्यक्रमको प्रगति विवरण बुझाउन स्थानीय तहलाई निर्देशन
-
शाही उत्तराधिकारका नियम खुकुलो बनाएपनि जापानमा महिलाको हकमा प्रतिबन्ध यथावत्
-
नयाँ नियमावलीको विरोधमा शैक्षिक परामर्श व्यवसायी सडकमा
-
खाली पेटले बदलिएको भारतको राजनीति : वाङचुकको अनशनले दोहोर्याउला इतिहास ?
-
चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई व्यापारिक स्वार्थबाट मुक्त राख्न डा.केसीको माग
-
हवाइ रुटबारे छलफल गर्न भारत सकारात्मक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण