नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनमा आङदेम्बेद्वारा दुःख व्यक्त
सारांश
- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
- नेता आङदेम्बेले २०६२/०६३ सालको जनआन्दोलनमा नागरिक समाजका तर्फबाट डा. पाण्डेले खेलेको नेतृत्वदायी भूमिका र निर्भीक आवाजको प्रशंसा गरेका छन् ।
- उनले डा. पाण्डेको निधनले मुलुकले एक प्रखर बौद्धिक व्यक्तित्व, नैतिक नेतृत्व र लोकतान्त्रिक मूल्यका दृढ पक्षधर गुमाएको बताएका छन् ।
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले नागरिक अगुवा, पूर्वअर्थमन्त्री तथा लोकतान्त्रिक आन्दोलनका अथक योद्धा डा. देवेन्द्रराज पाण्डेको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
शुक्रबार साँझ भएको डा. पाण्डेको दुःखद निधनको खबरले आफू अत्यन्त मर्माहत भएको उनले एक सन्देश जारी गर्दै बताएका हुन् ।
नेपालमा लोकतन्त्रको सुदृढीकरण, नागरिक स्वतन्त्रता, मानव अधिकार, सुशासन, पारदर्शिता र उत्तरदायी शासन व्यवस्थाको पक्षमा डा. पाण्डेले पुर्याएको योगदान इतिहासमा सदैव सम्मानका साथ स्मरण गरिने नेता आङदेम्बेले उल्लेख गरेका छन् । विशेषगरी २०६२/०६३ सालको जनआन्दोलनका क्रममा नागरिक समाजका तर्फबाट उनले खेलेको नेतृत्वदायी भूमिका तथा निरंकुशताविरुद्ध निरन्तर उठाएको निर्भीक आवाज लोकतान्त्रिक आन्दोलनका अमूल्य सम्पत्ति भएको आङदेम्बेको भनाइ छ ।
अर्थसचिव, अर्थमन्त्री, विकास चिन्तक तथा सार्वजनिक बौद्धिक व्यक्तित्वका रूपमा डा. पाण्डेले नेपालको आर्थिक नीति, सार्वजनिक प्रशासन, सुशासन र विकाससम्बन्धी बहसलाई नयाँ उचाइमा पुर्याउन दिएको योगदान पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनले चर्चा गरेका छन् । डा. पाण्डेको निधनसँगै मुलुकले एक प्रखर बौद्धिक व्यक्तित्व, नैतिक नेतृत्व र लोकतान्त्रिक मूल्यका दृढ पक्षधर गुमाएको महसुस आफूले गरेको नेता आङदेम्बेले बताएका छन् ।
यस दुःखद घडीमा स्वर्गीय डा. देवेन्द्रराज पाण्डेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनले दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन् । साथै, शोकसन्तप्त परिवारजन, आफन्त तथा उनीप्रति श्रद्धा राख्ने सम्पूर्णमा नेता आङदेम्बेले हार्दिक समवेदना व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालकै सबैभन्दा ठुलो च्यारिटी साइकलिङ अभियान, तस्बिरमा हेर्नुहोस्
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण