१०० रुपैयाँको राइड गर्दा सरकारलाई ६ रुपैयाँ कर
शनिबार, ०२ साउन २०८३, १४ : ३६
सारांश
- शुक्रबारदेखि १०० रुपैयाँको राइडमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर र १ प्रतिशत कारोबारको टीडीएस सहित ६ रुपैयाँ कर लाग्न थालेको छ ।
- सरकारले लगाएको यो करका कारण राइड सेयरिङ कम्पनीहरूले राइडर र क्याप्टेनहरूलाई यो रकम अनिवार्य रूपमा पठाउन निर्देशन दिएका छन् ।
- सरकारी राजस्व, कर र सेवा शुल्क जोड्दा अब राइडरको कुल खर्च २६ प्रतिशतसम्म पुगेको छ, जसमा इन्धन र अन्य खर्च समावेश छैन ।
काठमाडौँ । १०० रुपैयाँको राइड गर्दा ६ रुपैयाँ सरकारले लिन थालेको छ । शुक्रबारदेखि भएका प्रत्येक राइडमा सरकारले ५ प्रतिशत मूल्य अभिवृद्धि कर र एक प्रतिशत कारोबारको टीडीएस समेत गरी ६ रुपैयाँ लिन थालेको हो ।
यो सरकारी व्यवस्थासँगै राइड सेयरिङ कम्पनीहरूले आफ्ना राइडर र क्याप्टेनहरूलाई सूचना जारी गर्दै यस्तो रकम ‘तिर्न बाँकी रकम’को रूपमा जोडिने र राइडरले अनिवार्य रूपमा पठाउनुपर्ने निर्देशन जारी गरेको छ ।
अहिले राइड सेयरिङ कम्पनीहरूले एप्लिकेसन सर्भिसबापत २० प्रतिशतसम्म कमिसन लिँदै आएका छन् । पठाओले २० प्रतिशतसम्म, इन्ड्राइभले १० प्रतिशत, याङ्गोले ३ प्रतिशत कमिसन लिँदै आएका छन् ।
सरकारी राजस्वसँगै अब कर र सेवा शुल्क मात्रै २६ प्रतिशतसम्म पुगेको छ । यसमा इन्धन, मर्मत, मोबाइल डाटा, भ्वाइस लगायत समावेश छैनन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण