द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
सारांश
- युनेस्कोले युद्ध वा जलवायु परिवर्तनबाट खतरामा परेका विश्व सम्पदा सूचीमा नयाँ स्थल थप्ने तयारी गरेको छ ।
- दक्षिण कोरियामा हुने मतदानमा लेबनानका महल, इजरायली–प्यालेस्टिनी क्षेत्रको पुरातात्विक स्थल र दक्षिण सुडानका घाँसे मैदानहरू सूचीकृत हुनेछन् ।
- रूसको बैकाल ताल, ब्राजिलको अमेजन जङ्गल र ट्युनिसियाका थिएटरहरू पनि सूचीकृत हुने सम्भावना छ ।
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले बाइबलीय साइट, लेबनानी महल, एन्टिलोप माइग्रेसन मार्ग लगायत युद्ध वा जलवायु परिवर्तनका कारण खतरामा परेको विश्वका स्थानको रूपमा सूचीबद्ध गर्ने तयारी गरेको जनाइएको छ ।
संयुक्त राष्टसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को० का १९६ सदस्य राष्ट्रहरूले दक्षिण कोरियाको बुसानमा भेला हुँदा आगामी हप्ता शुक्रबार देखि यसको विश्व सम्पदा र खतरामा रहेको विश्व सम्पदा सूचीमा नयाँ थपका लागि मतदान गर्ने छन् ।
युनेस्कोको विश्व सम्पदा केन्द्रका निर्देशक लाजारे एलोन्डो असोमोलाई उद्धृत गर्दै यी स्थानहरू महत्त्वपूर्ण भएकाले तिनीहरूको विनाश रोक्नका लागि आवश्यक कार्य गर्ने तयारी भएको जनाएको छ ।
सम्पदाको सुरक्षाले आघातमा परेका समुदायहरू, द्वन्द्वका सिकारहरूलाई फिर्ता आउन र पुनर्निर्माण गर्न अनुमति दिएको उनले बताएका छन् हाल सम्म विश्वभरका करिब एह हजार २०० स्थानहरू युनेस्को विश्व सम्पदा सुचिमा सूचीबद्ध छन् ।
खतराको सुचिमा रहेका तीनवटा स्थानहरूको सूचीमा सिधै मतदान हुने अपेक्षा गरिएको छ ।
यसमा वेस्ट ब्याङ्कको इजरायली–अधिकृत प्यालेस्टिनी क्षेत्रमा बाइबलीय सामरियाका रूपमा पहिचान गरिएको सेबेस्टियाको पुरातात्त्विक स्थल समावेश हुने आकलन गरिएको छ ।
साथै दक्षिण लेबनानमा पाँच वटा महलहरूलाई प्राथमिकता दिइने जनाइएको छ ।
युनेस्कोका सदस्यहरूले दक्षिण सुडानको बोमा–बाडिडिलो घाँसे मैदान र वुडल्याण्ड सवान्नाहहरूलाई युद्ध र जलवायु परिवर्तन दुवैबाट खतरामा परेको रूपमा सिधै सूचीबद्ध गर्न मतदान गर्ने जनाइएको छ ।
प्रदूषण, सामूहिक पर्यटन, र कम पानीको स्तरबाट हुने क्षति रोक्न सङ्घर्ष गरिरहेको रुसमा अवस्थित, विश्वको सबैभन्दा गहिरो ताल–बैकाल ताल–पनि खतरामा पर्ने सक्ने अधिकारीहरूले बताएका छन् ।
यसै गरी ब्राजिलको अमेजन जङ्गल र ट्युनिसियाको सिदी बोउ सइद गाउँमा बनेका दुई वटा थिएटरहरू पनि सूचीबद्ध हुने सम्भावना रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्याण्डको दोस्रो गोल, फ्रान्सविरुद्ध २–० को बलियो अग्रता
-
तेस्रो मिनेटमै डिक्लान राइसको गोल: फ्रान्सविरुद्ध इङ्गल्याण्डलाई सुरुवाती अग्रता
-
प्रतिष्ठाको लडाइँः फ्रान्स र इङ्गल्याण्डबिच विश्वकपको तेस्रो स्थानका लागि खेल सुरु
-
फ्रान्स र इङ्गल्याण्डबीचको खेलका लागि दुवै टोलीको सुरुवाती ११ सार्वजनिक
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण