किभमा रातभर रुसी हमला, आवासीय तथा औद्योगिक क्षेत्रमा क्षति
किभ । रुसी सेनाले किभमा रातारात गरेको ब्यालिस्टिक क्षेप्यास्त्रसहितको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । स्थानीय अधिकारीका अनुसार स्थानीय समय बिहान करिब १ः३० बजे सुरु भएको आक्रमण केही घण्टासम्म जारी रहँदा राजधानीभरि विस्फोटका आवाज सुनिएका थिए ।
युक्रेनको राज्य आपतकालीन सेवाका अनुसार रुसी आक्रमणबाट किभका पाँचवटा जिल्लामा आगलागी भएको थियो । आक्रमणमा आवासीय भवन, कार्यालय, औद्योगिक क्षेत्र, छात्रावास तथा सवारी साधनमा क्षति पुगेको छ ।
उद्धारकर्मीले स्भियातोसिन्स्की जिल्लामा आगलागी भएको एक निजी घरबाट चार जनाको उद्धार गरेका थिए भने शेभचेन्किभ्स्की जिल्लामा आगलागी भएको तीनतले भवनबाट बासिन्दालाई सुरक्षित स्थानमा पुर्याएका थिए ।
गैरआवासीय भवनमा लागेको आगो नियन्त्रणमा लिने क्रममा त्यहाँ एक जनाको शव फेला परेको थियो । दमकलकर्मीले सोलोम्यान्स्की, देस्नियान्स्की र निप्रो जिल्लामा लागेको आगो पनि नियन्त्रणमा लिएका थिए ।
यसैबिच, रुसी ब्यालिस्टिक क्षेप्यास्त्र रोक्न प्रभावकारी मानिएको अमेरिकी निर्मित ‘प्याट्रियट’ हवाई प्रतिरक्षा प्रणालीको अभाव युक्रेनले सामना गरिरहेका बेला रुसले पछिल्ला सातामा किभमाथि ठूला आक्रमण तीव्र पारेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई प्याट्रियट इन्टरसेप्टर क्षेप्यास्त्र उत्पादनका लागि अनुमति दिन तयार रहेको बताएका छन् । यसले रुसी क्षेप्यास्त्र आक्रमणविरुद्ध युक्रेनको प्रतिरक्षा क्षमता बढाउन सक्ने अपेक्षा गरिएको छ । यद्यपि, यससम्बन्धी कार्यान्वयन प्रक्रिया र समयसीमा भने स्पष्ट भइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण