खल्तीमा रहेको मोबाइल फोन विस्फोट हुँदा गुप्ताङ्ग जलेपछि...
सारांश
- मध्यप्रदेशको पांढुर्णा जिल्लामा पाइन्टको खल्तीमा रहेको मोबाइल फोन विस्फोट हुँदा एक युवक गम्भीर घाइते भएका छन् ।
- विस्फोटपछि पाइन्टमा आगो लाग्दा गुप्ताङ्गसहित शरीरका विभिन्न भाग जलेका छन् र मोटरसाइकल दुर्घटनामा खुट्टाको हड्डी भाँचिएको छ ।
- मोबाइलको ब्याट्रीमा समस्या वा प्राविधिक खराबी विस्फोटको कारण हुन सक्ने अनुमान गरिएको छ ।
भोपाल । भारतको मध्यप्रदेशस्थित पांढुर्णा जिल्लामा एक युवके पाइन्टको खल्तीमा रहेको मोबाइल फोन अचानक विस्फोट हुँदा गम्भीर घाइते भएका छन् । विस्फोटपछि पाइन्टमा आगो लाग्दा गुप्ताङ्गसहित शरीरका विभिन्न भाग जलेका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार घटना हुँदा ती युवक मोटरसाइकल चलाइरहेका थिए ।
मोबाइल फोन पाइन्टको खल्तीमा राखिएको अवस्थामा अचानक विस्फोट भएको थियो । मोबाइल विस्फोटको तीव्रताका कारण पाइन्टमा आगो लाग्यो । त्यसपछि मोटरसाइकल अनियन्त्रित भएर सडकमा पल्टियो र युवक करिब १२ मिटर परसम्म घिस्रिए । स्थानीय बासिन्दाले तत्काल उनलाई उद्धार गरी अस्पताल पुर्याएका थिए ।
चिकित्सकका अनुसार उनको मोटरसाइकल दुर्घटनामा परेर उनको खुट्टाको हड्डी भाँचिएको छ । मोबाइल विस्फोटबाट लागेको आगोका कारण गुप्ताङ्गसहित शरीरका अन्य भागमा गम्भीर जलन भएको छ । पीडितको अस्पतालमा उपचार भइरहेको छ ।
प्रारम्भिक अनुसन्धानमा मोबाइलको ब्याट्रीमा समस्या वा प्राविधिक खराबी विस्फोटको सम्भावित कारण हुन सक्ने अनुमान गरिएको छ । यद्यपि घटनाको वास्तविक कारण पत्ता लगाउन मोबाइलको प्राविधिक परीक्षण भइरहेको अधिकारीहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण