वीरेन्द्रनगरको निकास खोला जंगलमा एक व्यक्ति मृत भेटिए
आइतबार, ०३ साउन २०८३, १६ : ५८
सारांश
- सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२, दौलतपुरका अन्दाजी ६७ वर्षीय लालबहादुर सुनार निकास खोलाको जंगलमा मृत भेटिएका छन्।
- सुनार असार ३२ गते घरबाट निस्किएका थिए र भोलिपल्ट आफन्तले प्रहरीलाई जानकारी गराएका थिए।
- प्रहरीले खोजतलास गर्ने क्रममा आइतबार दिउँसो जंगलमा सुनारको शव फेला पारेको छ।
सुर्खेत । वीरेन्द्रनगरको निकास खोला क्षेत्रमा रहेको जंगलमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । मृत भेटिनेमा वीरेन्द्रनगर नगरपालिका–२, दौलतपुर बस्ने वर्ष अन्दाजी ६७ का लालबहादुर सुनार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सुनार असार ३२ गते बिहान ०८:०० बजेको समयमा घरबाट कसैलाई जानकारी नगराई निस्किएका थिए । उनी निस्किएकाे भाेलिपल्ट आफन्तले प्रहरी चौकी बांगेसिमलमा जानकारी गराएका थिए ।
प्रहरी सहायक निरीक्षक टिकाराम थापाको कमान्डमा खटिएको टोलीले खोजतलास गर्ने क्रममा आइतबार दिउँसो १२ बजेतिर निकास खोलाको जंगलमा उनी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्रसिं बोहोराले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : सार्वजनिक बिदा पुनरवलोकन गरिने, बजेट कार्यान्वयनबारे ३७ बुँदे मार्गदर्शन
-
झापाबाट हराएका ६५३ जना एक वर्षमा फेला
-
शैक्षिक परामर्श संस्था नवीकरणको अनलाइन आवेदन दिने म्याद थपियो
-
बाजुरा जिप दुर्घटना अपडेट : घाइते भएकामध्ये दुई जनाको मृत्यु
-
मन्त्रालय घटेसँगै दरबन्दी व्यवस्थापनमा जोड, लोकसेवा पदपूर्ति नरोकिने
-
गण्डकीमा प्रदेश सरकार फेरबदलः ‘पर्ख र हेर’को स्थिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण