सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हेटौँडाबाट जाने सबै मार्गमा यातायात सेवा सञ्चालन

आइतबार, ०३ साउन २०८३, २० : १६
आइतबार, ०३ साउन २०८३

मकवानपुर । हेटौँडाबाट आवागमन हुने सबै राजमार्गमा आइतबार बिहानैदेखि सवारीसाधन सञ्चालन भइरहेका छन्। मनसुनजन्य विपद्‌बाट हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले शनिबार सूचना जारी गरी शनिबार साँझ ८ बजेदेखि आज बिहान ५ बजेसम्मका लागि हेटौँडा हुँदै देउराली काठमाडौँ जाने सवारीसाधनलाई चौकीटोलमा रोकेको थियो।

त्यस्तै कान्ति राजमार्ग हुँदै ललितपुर जाने सवारीसाधनलाई पूर्व सूचनाअनुसार साँझ ६ बजेदेखि चौघडामा रोकिएको थियो। आज बिहानैदेखि हेटौँडाबाट जाने सबै मार्गमा यातायात पूर्ण रूपमा सञ्चालन भइरहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मनसुनजन्य विपद्लाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले शनिबार सूचना प्रकाशित गरी ट्राभल एडभाइजरीसमेत जारी गरेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप