विश्वकप फाइनलकै बिचमा बत्ती गयो, काठमाडौँका अधिकांश स्थान अन्धकार
सारांश
- फिफा विश्वकप २०२६ को फाइनल खेल चलिरहेकै बेला काठमाडौँका अधिकांश स्थानमा विद्युत आपूर्ति बन्द भएको छ ।
- स्पेन र अर्जेन्टिनाबिचको उपाधि भिडन्तको पहिलो हाफ सकिएलगत्तै अकस्मात बत्ती जाँदा फुटबल समर्थकहरू मर्कामा परेका छन् ।
- खेलको बिचमै विद्युत आपूर्ति अवरुद्ध भएको भन्दै सामाजिक सञ्जालमा नेपाल विद्युत प्राधिकरणको तीव्र आलोचना भइरहेको छ ।
काठमाडौँ । फिफा विश्वकप २०२६ को फाइनल खेल चलिरहेकै बेला काठमाडौँका अधिकांश स्थानमा एकैचोटि विद्युत आपूर्ति बन्द (लोडसेडिङ) भएको छ । स्पेन र अर्जेन्टिनाबिचको उपाधि भिडन्तको पहिलो हाफ सकिएलगत्तै अकस्मात बत्ती गएको हो ।
काठमाडौँका विभिन्न मुख्य तथा आवासीय क्षेत्रहरूमा एकै समयमा विद्युत अवरुद्ध हुँदा खेल हेरिरहेका फुटबल समर्थकहरू मर्कामा परेका छन् ।
खेलको बिचमै अचानक विद्युत आपूर्ति अवरुद्ध भएको भन्दै सामाजिक सञ्जालमा नेपाल विद्युत प्राधिकरणको तीव्र आलोचना भइरहेको छ । आक्रोशित समर्थकहरूले सामाजिक सञ्जालमा प्राधिकरणको व्यवस्थापनमाथि प्रश्न उठाइरहेका छन् । यद्यपि, प्राधिकरणले एकैचोटि धेरै स्थानमा किन लोडसेडिङ भएको हो भन्ने विषयमा हालसम्म आधिकारिक रूपमा केही खुलाएको छैन ।
अपडेट
फाइनलका क्रममा काठमाडौँका विभिन्न स्थानमा अवरुद्ध भएको विद्युत आपूर्ति करिब २० मिनेटको अवरोधपछि पुनः सुचारु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो
-
मनसुनजन्य विपद् व्यवस्थापनमका लागि तयारी अवस्थामा रहने
-
बागमती सरकारबाट बाहिरिन किन भाखा सार्दै छ एमाले ?
-
शिक्षा, स्वास्थ्य लगायतमा लगाइएको कर फिर्ता नलिए आन्दाेलन गर्ने चेतावनी
-
नुवाकोटको पहिरो प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि पहल
-
नक्कली लाभग्राही बनाएर भत्ता वितरण, वडाध्यक्षसहित ४२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण