फिफा विश्वकप २०२६
फाइनलपछि अर्जेन्टिनी खेलाडीको आक्रोश, स्पेनका खेलाडीसँग मैदानमै ‘झडप’
सोमबार, ०४ साउन २०८३, ०४ : ३६
१
सारांश
- फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाका खेलाडीहरूले मैदानमै आक्रोश पोख्दै स्पेनका खेलाडीसँग झडप गरेका छन्।
- स्पेनका मिडफिल्डर रोड्री उपाधि उत्सव मनाउन मैदानतर्फ दौडिँदा अर्जेन्टिनाका डिफेन्डर नाहुएल मोलिनाले उनलाई धक्का दिएका थिए।
- झडपका क्रममा अर्जेन्टिनाका मिडफिल्डर लिएन्ड्रो पारेडेस सबैभन्दा आक्रामक देखिएका थिए।
काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाका खेलाडीहरूले मैदानमै आक्रोश पोख्दै स्पेनका खेलाडीसँग झडप गरेका छन्।
अन्तिम सिटी बजेलगत्तै स्पेनका मिडफिल्डर रोड्री उपाधि उत्सव मनाउन मैदानतर्फ दौडिँदा अर्जेन्टिनाका डिफेन्डर नाहुएल मोलिनाले उनलाई धक्का दिएका थिए। त्यसपछि रोड्री फर्किएर प्रतिकार गर्न खोज्दा दुवै टोलीका अन्य खेलाडी पनि त्यहाँ पुगेका थिए।
झडपका क्रममा अर्जेन्टिनाका मिडफिल्डर लिएन्ड्रो पारेडेस सबैभन्दा आक्रामक देखिएका थिए। उनले स्पेनका खेलाडीहरूलाई धक्का दिनुका साथै आक्रामक व्यवहार प्रदर्शन गरेका थिए, जसका कारण केहीबेर मैदान तनावग्रस्त बनेको सीएनएनले समाचारमा उल्लेख गरेको छ ।
विश्वकपको उपाधि रक्षा गर्न असफल भएको अर्जेन्टिनाको अभियान निराशाजनक अन्त्यसँगै मैदानभित्रको यो घटना भएको समाचारमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
-
‘मोबाइल फोन प्रसारण प्रणाली’ मार्फत विपद्को पूर्वसूचना दिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण