मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

राष्ट्रिय सभाअन्तर्गतका तीन समितिको बैठक बस्दै

सोमबार, ०४ साउन २०८३, ०७ : ५४
सोमबार, ०४ साउन २०८३

सारांश

  • राष्ट्रिय सभाअन्तर्गतका विधायन व्यवस्थापन, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका बैठक सोमबार बस्दैछन्।
  • विधायन व्यवस्थापन समितिको बैठकमा ऐन कार्यान्वयन मापन, विधायिकी अन्तरसम्बन्ध र विविध विषयमा छलफल हुनेछ।
  • सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले मधेश र बागमती प्रदेशका जिल्लाको अनुगमनको समीक्षा गर्नेछ भने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले राष्ट्रिय महिला आयोगको कार्य प्रभावकारिता सम्बन्धी अध्ययन प्रतिवेदनमाथि छलफल गर्नेछ।

काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतका तीन वटा समितिका बैठकहरू सोमबार बस्ने भएका छन्। समितिहरूले सूचना जारी गर्दै आफ्ना सदस्यहरू तथा सम्बन्धित सरोकारवालाहरूलाई उपस्थितिका लागि अनुरोध गरेका छन्।

विधायन व्यवस्थापन समितिको ७६० औँ बैठक सोमबार दिनको २:१५ बजे समितिको बैठक कक्षमा बस्नेछ। सो बैठकमा ऐन कार्यान्वयन मापन, विधायिकी अन्तरसम्बन्ध र विविध विषयमा छलफल हुनेछ।

त्यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३३७ औँ बैठक दिनको १:०० बजे सिंहदरबारस्थित समितिको हलमा बस्नेछ। उक्त बैठकमा मधेश र बागमती प्रदेशअन्तर्गतका जिल्लाहरूमा गरिएको अनुगमनको समीक्षा र विविध विषयमा छलफल हुने जनाइएको छ।

यसैगरी सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक सोमबार बिहान ११:०० बजे समितिको बैठक कक्षमा बस्नेछ। बैठकमा संसदीय अध्ययन तथा अनुसन्धान महाशाखाद्वारा तयार पारिएको राष्ट्रिय महिला आयोगको कार्य प्रभावकारिता सम्बन्धी अध्ययन प्रतिवेदनबारे छलफल र विविध एजेन्डामा कुराकानी हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप