मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

पृथ्वी राजमार्गको पहिरो पन्छाइयो, नारायणगढ–काठमाडौँ सडक दुईतर्फी सुचारु

सोमबार, ०४ साउन २०८३, १२ : ५५
सोमबार, ०४ साउन २०८३

सारांश

  • गए रातिदेखि परेको अविरल वर्षाका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्गको धादिङ तथा चितवन खण्ड सुचारु भएको छ ।
  • विभिन्न स्थानमा खसेका साना तथा ठुला पहिरो पन्छाएपछि आइतबार बिहान ११ः०० बजेदेखि यातायात दुईतर्फी रूपमै सुचारु भएको हो ।
  • निरन्तरको प्रयासपछि आइतबार बिहान ११:०० बजे सडकमा थुप्रिएको सम्पूर्ण पहिरो पन्छाउन प्राविधिक टोली सफल भएको छ ।

काठमाडौँ । गए रातिदेखि परेको अविरल वर्षाका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्गको धादिङ तथा चितवन खण्ड  सुचारु भएको छ । नागढुंगा–मुग्लिङ सडक योजनाका अनुसार विभिन्न स्थानमा खसेका साना तथा ठुला पहिरो पन्छाएपछि आइतबार बिहान ११ः०० बजेदेखि यातायात दुईतर्फी रूपमै सुचारु भएको हो ।

शनिबार रातिदेखिको अविरल वर्षाका कारण जोगीमारा, जवाङ खोला, फिस्लिङ, चुम खोला लगायतका करिब एक दर्जन स्थानमा ढुङ्गा र लेदोसहितको पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

अवरोध खुलाउन सडक योजनाका तर्फबाट रातिदेखि नै एक्स्काभेटर, लोडर र टिपर जस्ता आवश्यक मेशिन तथा उपकरणहरू परिचालन गरिएको थियो । 

निरन्तरको प्रयासपछि आइतबार बिहान ११ः ०० बजे सडकमा थुप्रिएको सम्पूर्ण पहिरो पन्छ्याउन प्राविधिक टोली सफल भएको जनाएको छ । हाल नारायणगढदेखि काठमाडौँसम्मको सम्पूर्ण सडक खण्ड सामान्य अवस्थामा सञ्चालनमा आइसकेको योजना कार्यालयले जनाएको छ ।

सडक योजना कार्यालयले प्रतिकूल मौसम र सडक अवरोधका बिच पनि धैर्यतापूर्वक लेन अनुशासन कायम राखी सहयोग पुर्याउने यात्रु तथा सवारी चालकहरूलाई धन्यवाद ज्ञापन गरेको छ । साथै, वर्षातको समय भएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न यात्रा गर्नुअघि सडकको अवस्थाबारे राम्रोसँग बुझेर मात्र यात्रा तय गर्न सडक प्रयोगकर्ताहरूलाई हार्दिक अपिल गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप