काठमाडौँसहित देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला
सारांश
- काठमाडौँ, मुगु, चितवन, नवलपरासी पूर्व र पाल्पाका विभिन्न स्थानमा पाँच जना मृत फेला परेका छन्।
- मृत्यु हुनेहरूमा धादिङका शकर शाही, एक अन्दाजी ३० वर्षीया महिला, एक अन्दाजी ४० वर्षीया महिला, स्याङ्जाका संदीप कुमार अर्याल र पाल्पाका कमल प्रसाद अधिकारी रहेका छन्।
- यी घटनाहरूको प्रहरीले अनुसन्धान गरिरहेको छ।
काठमाडौँ। देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला परेका छन्। काठमाडौँ महानगरपालिका-१३ कालिमाटीस्थित सडक पेटीमा धादिङ ज्वालामुखी गाउँपालिका-६ घर भएका ३४ वर्षीय शकर शाही आइतबार मृत अवस्थामा फेला परेका हुन्।
त्यसैगरी मुगुको सोरू गाउँपालिका-५ नेरघाटस्थित कर्णाली नदीको किनारमा नाम, थर र वतन नखुलेकी अन्दाजी ३० वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन्। यस्तै चितवनको रत्ननगर नगरपालिका-८ बागमारास्थित बुढी राप्ती नदीको दोभानमा नाम, थर र वतन नखुलेकी अन्दाजी ४० वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन्।
नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका-७ ब्यारेजपुरस्थित नारायणी नदीमा स्याङ्जा पुतलीबजार नगरपालिका-११ बस्ने ४८ वर्षीय संदीप कुमार अर्याल आइतबार मृत अवस्थामा फेला परेका छन्।
त्यसैगरी पाल्पाको माथागढी गाउँपालिका-३ सराईमा डेरा गरी बस्ने पूर्वखोला गाउँपालिका-२ जल्पा घर भएका ५४ वर्षीय कमल प्रसाद अधिकारी आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन्। यी घटनाहरूका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण