सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
सारांश
- जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार देशका अधिकांश सहरहरूमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि हल्का वर्षाको सम्भावना छ।
- पोखरामा ८० प्रतिशत वर्षाको सम्भावना छ भने काठमाडौँमा ६० प्रतिशत सम्भावना रहेको छ।
- तराईका सहरहरूमा दिउँसो तथा राति मेघगर्जन र चट्याङसहित मध्यम तथा हल्का वर्षाको सम्भावना ४० प्रतिशत छ।
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सोमबारका लागि जारी गरेको देशका प्रमुख सहरहरूको मौसम पूर्वानुमान अनुसार आज दिउँसो र राति अधिकांश सरहरूमा मेघगर्जन तथा चट्याङसहित मध्यमदेखि हल्का वर्षाको सम्भावना छ।
पोखरामा आज दिउँसो र राति दुवै समयमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने र वर्षाको सम्भावना ८० प्रतिशत रहेको छ। पोखराको अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेल्सियस र न्यूनतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियस रहने अनुमान छ।
काठमाडौँमा दिउँसो र राति नै मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको ६० प्रतिशत सम्भावना छ। काठमाडौँको अधिकतम तापक्रम २८ देखि ३० डिग्री सेल्सियस र न्यूनतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस रहनेछ।
नेपालगन्ज, भैरहवा, दिपायल र जनकपुरमा दिउँसोको अधिकतम तापक्रम ३३ देखि ३५ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। तराईका सहरहरूमा दिउँसो तथा राति मेघगर्जन र चट्याङसहित मध्यम तथा हल्का वर्षाको सम्भावना ४० प्रतिशत छ। धनगढीमा भने रातिको समयमा वर्षाको सम्भावना बढेर ६० प्रतिशत पुग्नेछ।
विराटनगर र धरानमा दिउँसो वर्षाको सम्भावना ६० प्रतिशत रहे पनि राति ४० प्रतिशतमा झर्नेछ। ती क्षेत्रको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियस रहनेछ। हिमाली तथा पहाडी क्षेत्रहरू जोमसोम, जुम्ला, जिरी, ओखलढुङ्गा, डडेलधुरा, घोराही, धनकुटा र ताप्लेजुङ्गमा पनि मेघगर्जन र चट्याङ्गसहित मध्यम तथा हल्का वर्षाको सम्भावना ४० देखि ६० प्रतिशतसम्म छ।
मौसम पूर्वानुमान अनुसार अधिकांश सहरहरूमा वर्षा र चट्याङको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण