भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउन सरकारले निकाल्यो ३५ दिने सूचना
सारांश
- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन ३५ दिने सूचना जारी गरेको छ।
- कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लाका तोकिएका स्थानीय तहमा बसोबास गर्नेहरूले वडामा खटिएका लगत संकलक मार्फत निवेदन दिनुपर्नेछ।
- इच्छुक आवेदकले तोकिएको ढाँचामा फाराम भरी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र वडा कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ।
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरूलाई जग्गा उपलब्ध गराउने प्रयोजनका लागि ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ।
समितिले साउन ४ गते अन्तिम पटकका लागि यो सूचना प्रकाशित गर्दै तोकिएका जिल्ला र स्थानीय तहका लक्षित वर्गलाई निवेदन दिन आह्वान गरेको हो।
सूचना अनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लाका तोकिएका स्थानीय तहहरूमा रहेका भूमिहीन र अव्यवस्थित बसोबासीहरूले आफू बसोबास गरिरहेको वडामा खटिएका लगत संकलक मार्फत निवेदन पेस गर्नुपर्नेछ।
इच्छुक आवेदकले सरकारले तोकेको ढाँचामा फाराम भरी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र स्थानीय तहको वडा कार्यालयमा सम्पर्क गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।
केही स्थानीय तहका लागि यो लगत संकलनको दोस्रो पटकको सूचना पश्चातको अन्तिम मौका भएकाले समयमै प्रक्रिया पुर्याउन समितिले आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
