वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
सारांश
- कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई निजामती सेवाबाट हटाउने निर्णय गरेको छ।
- निजामती सेवा ऐन, २०४९ बमोजिम लोक सेवा आयोगको परामर्शपछि भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय गरिएको हो।
- यस्तै प्रकृतिका मुद्दामा थप १४ जना कर्मचारीविरुद्ध पनि विभागीय कारबाही प्रक्रिया अघि बढिरहेको छ।
काठमाडौँ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरे विरुद्ध विभागीय कारबाही प्रक्रिया टुङ्ग्याउँदै निजामती सेवाबाट हटाउने निर्णय गरेको छ।
मन्त्रालयका अनुसार निजामती सेवा ऐन, २०४९ बमोजिम विभागीय सजाय सम्बन्धी प्रक्रिया पूरा गरी यसअघि लोक सेवा आयोगको परामर्श मागिएको थियो।
आयोगबाट प्राप्त परामर्शका आधारमा निजामती सेवा ऐन, २०४९ को दफा ५९ को खण्ड (ख) बमोजिम भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने विभागीय सजाय लागू गर्ने निर्णय गरिएको हो।
मन्त्रालयका अनुसार सम्बन्धित कर्मचारीविरुद्ध आवश्यक विभागीय कारबाही सम्पन्न गरी सोको जानकारी लोक सेवा आयोगलाई गराइने जनाइएको छ। यसैबिच मन्त्रालय स्रोतका अनुसार यस्तै प्रकृतिका मुद्दामा थप १४ जना कर्मचारीविरुद्ध विभागीय कारबाही प्रक्रिया अघि बढिरहेको र कानुनी प्रक्रिया पूरा भएपछि आवश्यक निर्णय गरिने तयारी रहेको बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण