तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
काठमाडौँ। जलवायु परिवर्तनका कारण तातो दिन तथा तापसम्बन्धी घटना बढ्दै गएकाले त्यस प्रभावमा आधारित मौसम पूर्वानुमानलाई दिगो र प्रभावकार कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ।
नेपालमा तापक्रमजन्य अवस्थाका लागि प्रभावमा आधारित पूर्वानुमानसम्बन्धी बुधबार आयोजित राष्ट्रिय कार्यशाला गोष्ठीमो जलवायु परिवर्तनका कारण तातो दिन र तापसम्बन्धी घटना बढ्दै गएको तथ्याङक प्रस्तुत गरियो।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारील विभागले जारी गर्ने मौसम तथा तापक्रमको प्रभावमा आधारित पूर्वानुमानले जनचेतना अभिवृद्धि र पूर्वतयारीमा सकारात्मक प्रभाव पार्न थालेको बताए।
मौसमविद् रोजन लामिछानेले तापक्रमको असरले जनजीवन र धनजनमा कस्तो प्रभाव पर्छ भन्ने विषयलाई समेटेर प्रभावमा आधारित मौसम पूर्वानुमान प्रणालीलाई थप व्यवस्थित रूपमा अघि बढाइने बताए।
गौर नगरपालिकाकी प्रतिनिधि रोश्नीकुमारी श्रेष्ठले गौर नगरपालिकाले विस २०७६ देखि नै आपत्कालीन कार्यसञ्चालन कार्यविधि लागू गरी प्रभावमा आधारित पूर्वानुमान, पूर्वसूचना र पूर्वकार्यलाई स्थानीय तहमा कार्यान्वयन गर्दै आएको बताए।
उनले तातो हावाको लहरबाट नागरिकलाई जोगाउन जनचेतना आवश्यक रहेको उल्लेख गर्दै चेतावनीको प्रभावकारी बुझाइ सुनिश्चित गर्नु अझै चुनौतीपूर्ण रहेको धारणा राखे। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीले जलवायु परिवर्तनका कारण विश्वव्यापी रूपमा तातो हावाको लहर तीव्र बन्दै गएको बताए।
कार्यशालामा तापक्रमजन्य अवस्थाबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि प्रभावमा आधारित पूर्वानुमान प्रणालीलाई अझ प्रभावकारी बनाउने, पूर्वसूचना प्रणाली सुदृढ गर्ने तथा विभिन्न निकायबीच समन्वय बढाउने विषयमा छलफल भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
-
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण