बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग

बुधबार, ०६ साउन २०८३, १८ : ४८
बुधबार, ०६ साउन २०८३

काठमाडौँ । भारतकाे दिल्लीस्थित राजिव गान्धी अस्पतालमा उपचाररत १७ महिनाका नाबालक संविद बरुवालको उपचार सहयोगका लागि नेपाल तरुण दलको समन्वयमा रकम हस्तान्तरण गरिएको छ ।

बीपी स्मृति दिवसको अवसरमा बुधबार बिरामीका बुबा सौरभ बरुवाललाई सहयोग हस्तान्तरण गरिएकाे हो । 

मलेसिया जनसम्पर्क समिति मार्फत महामन्त्री सरोज दाहाल, समाजसेवी सचिन्द्र सिंह ठकुरी र नेपाल तरुण दल सिन्धुपाल्चोकका अध्यक्ष संजय लामाले उपलब्ध गराएको २५ हजार रुपैयाँ हस्तान्तरण गरिएको थियो। 

रक्त क्यान्सरबाट पीडित नाबालक संविदको जीवन रक्षाका लागि परिवारले उपचार सहयोगको अपिल गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप