पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
बिहीबार, ०७ साउन २०८३, १३ : २७
सारांश
- पोखरा १८ ढुंगेसाँघुमा माइक्रो बसको ठक्करले मोटरसाइकलमा सवार १९ वर्षीय लोकबहादुर गुरुङको मृत्यु भएको छ ।
- गम्भीर घाइते भएका गुरुङको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
- दुर्घटनामा मोटरसाइकलमा सवार अर्का एक जना घाइतेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
पोखरा । पोखरामा माइक्रो बसको ठक्करले मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । पोखरा १८ ढुंगेसाँघुमा ग १ ज ८२५० नम्बरको माइक्रोले ग १३ प ६०२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा १९ वर्षका सौगात भनिने लोकबहादुर गुरुङको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार एक जना घाइते छन् । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण