बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
सारांश
- बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा महोत्तरीको साबिक भरतपुर गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध अख्तियारले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ।
- आर्थिक वर्ष २०६८/०६९ को बाल संरक्षण अनुदानको तीन लाख सात हजार दुई सय रुपैयाँ बालबालिकालाई वितरण नगरी हिनामिना गरिएको अनुसन्धानमा खुलेको छ।
- तत्कालीन गाविस सचिव, कार्यालय सहायक र आन्तरिक लेखापरीक्षण शाखाका कर्मचारीको मिलेमतोमा नक्कली भरपाई खडा गरी रकम हिनामिना गरेको पुष्टि भएको छ।
काठमाडौँ। महोत्तरीको साबिक भरतपुर गाउँ विकास समितिका तत्कालीन सचिवसहित तीन जनाले बालबालिकाको पोषण भत्ता हिनामिना गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ।
साबिक भरतपुर गाविसको आर्थिक वर्ष २०६८/०६९ को बाल संरक्षण अनुदानको भत्ता रकम हिनामिना भएको उजुरीका आधारमा अनुसन्धान गर्दा भ्रष्टाचार भएको पुष्टि भएपछि मुद्दा दायर गरिएको हो।
जिल्ला विकास समितिको कार्यालय महोत्तरीबाट बाल संरक्षण भत्ताबापत निकासा भएको तीन लाख सात हजार दुई सय रुपैयाँसम्बन्धित बालबालिकालाई वितरण नगरी हिनामिना गरिएको अख्तियारको अनुसन्धानमा खुलेको छ।
अख्तियारका अनुसार तत्कालीन कार्यालय सहायक उमाकान्त महतोले आफ्नो पदीय ओहदाको दुरुपयोग गरी तत्कालीन गाविस सचिव महेश्वर महतो कोइरी र तत्कालीन जिल्ला विकास समितिको कार्यालय जलेश्वरका आन्तरिक लेखापरीक्षण शाखामा कार्यरत सुरुज साहसँगको प्रत्यक्ष संलग्नता र मिलेमतोमा उक्त रकम हिनामिना गरेका थिए।
उनीहरूले लाभग्राहीलाई भत्ता वितरण नगरी आफैँ र अन्य व्यक्तिलाई औँठाछाप गर्न लगाई नक्कली भरपाई खडा गरेर पेस्की फर्छ्यौट गराएको प्रयोगशाला परीक्षण प्रतिवेदनसमेतबाट पुष्टि भएको छ।
नेपाल सरकारलाई हानि-नोक्सानी पुर्याउने र आफूलाई गैरकानुनी लाभ लिने नियतले ३ लाख ७ हजार २ सय रुपैयाँ हिनामिना गरेको पुष्टि भएपछि प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा १७ बमोजिमको कसुरमा सजायको मागदाबीसहित विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको सत्याग्रहबारे मन्त्रीलाई बोलाउन संसदीय समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण