शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
पत्रकार सम्मेलन

काठमाडौँमा मिटरब्याजसम्बन्धी २८७ वटा उजुरी

शुक्रबार, ०८ साउन २०८३, १५ : ०२
शुक्रबार, ०८ साउन २०८३

सारांश

  • काठमाडौँ जिल्लामा एक वर्षमा अनुचित लेनदेन मिटरब्याज सम्बन्धी २८७ वटा उजुरी परेको छ ।
  • उजुरी परेका मध्ये ४८ थान मुद्दा अनुसन्धान सकेर अदालत लगिएको छ भने ५० वटा मुद्दा मेलमिलाप भएको छ ।
  • आर्थिक वर्ष २०८२–०८३ मा आएका अनुचित लेनदेनका १ सय ८९ उजुरी फर्छ्योट हुन बाँकी रहेको छ ।

काठमाडौँ। काठमाडौँ जिल्लामा एक वर्षमा अनुचित लेनदेन मिटरब्याज सम्बन्धी २८७ वटा उजुरी परेको छ । 

उजुरी परेका मध्ये ४८ थान मुद्दा अनुसन्धान सकेर अदालत लगिएको जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । ५० वटा मुद्दा मेलमिलाप भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए। 

२०८० असार देखी गृह मन्त्रालयको परिपत्र अनुसार जिल्ला प्रहरी कार्यालयहरूले अनुचित लेनदेन सम्बन्धी कसुरमा अनुसन्धान गर्दै आएका छन् । आर्थिक वर्ष २०८२–०८३ मा आएका अनुचित लेनदेनका १ सय ८९ उजुरी फर्छ्योट हुन बाँकी रहेको एसपी भट्टराईले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप