शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत

शुक्रबार, ०८ साउन २०८३, २२ : ०१
शुक्रबार, ०८ साउन २०८३

सारांश

  • स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि १३ जना आवेदकको आवेदन स्वीकृत भएको छ।
  • बोर्डले गत असार ३१ गते प्रकाशित सूचना अनुसार योग्य ठहरिएका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो।
  • स्वीकृत भएका १३ उम्मेदवारहरूलाई समेटेर कार्यकारी निर्देशक चयनको थप प्रक्रिया अघि बढाइनेछ।

​काठमाडौँ । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि परेका दरखास्तहरूमध्ये १३ जना आवेदकको आवेदन स्वीकृत भएको छ। बोर्डले गत  असार ३१ गते प्रकाशित सूचना अनुसार तोकिएको समयावधि आज शुक्रबारसम्म  दर्ता हुन आएका दरखास्तहरूको छानबिन गरी योग्य ठहरिएका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो। 

स्वास्थ्य बीमा ऐन, २०७४ को दफा २१ तथा प्रकाशित सूचनाका सर्तहरूका आधारमा योग्यता पुगेका उम्मेदवारहरूको दरखास्त बोर्डको साउन ८ गतेको बैठकको निर्णय अनुसार स्वीकृत गरिएको शाखा अधिकृत झलकराज जोशीद्वारा जारी सूचनामा उल्लेख छ।

​स्वीकृत भएका उम्मेदवारहरूमा डा.राजेन्द्रकुमार पोख्रेल, सुभाष कोइराला, बुद्धकाजी श्रेष्ठ, गंगाप्रसाद जोशी, डा.प्रमोदकुमार यादव, डा.मुक्तिनाथ खनाल, डा.होमनाथ गैरे , राजेन्द्र श्रेष्ठ, तुलसीप्रसाद सुवेदी,  विमला भट्ट, पारस अधिकारी,  रोशनकुमार महतो  र उत्तमकुमार कोइराला रहेका छन्। बोर्डले प्रारम्भिक चरणमा आवेदन स्वीकृत भएका यी उम्मेदवारहरूलाई समेटेर कार्यकारी निर्देशक चयनको थप प्रक्रिया अघि बढाउनेछ।

748718118_1777975300289277_5591230564685869045_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप