राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
सारांश
- जापानका लागि नेपाली कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले राज्य र पत्रकारिता एकअर्काका प्रतिद्वन्द्वी नभई परिपूरक भएको बताएका छन् ।
- उनले डिजिटल युगमा पत्रकारिताले सामना गरिरहेका चुनौती, विशेषगरी सामाजिक सञ्जालमा फैलिने मिथ्या सूचना र भ्रामक समाचारप्रति चिन्ता व्यक्त गरे ।
- पौडेलले जापानमा नेपालीहरूको सङ्ख्या बढे पनि दूतावासमा स्रोतसाधनको अभावले सेवा प्रवाहमा चाप परेको यथार्थ सुनाउँदै यसमा सञ्चार माध्यमले राज्यको ध्यानाकर्षण गराइदिनुपर्ने बताए ।
जापान । जापानका लागि नेपाली कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले राज्य र पत्रकारिता क्षेत्र एक अर्काका प्रतिद्वन्द्वी नभई परिपूरक भएको बताएका छन् । नेपाल पत्रकार महासङ्घ जापान शाखाको आयोजनामा टोकियोमा शनिबार आयोजित ‘एफएनजे ग्लोबल मिडिया कन्फरेन्स जापान २०२६’ मा बोल्दै पौडेलले सरकार र सञ्चार जगत् नङ र मासुको सम्बन्ध जस्तै मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।
सम्बोधनका क्रममा कार्यवाहक राजदूत पौडेलले डिजिटल युगमा पत्रकारिताले नयाँ अवसरका साथै गम्भीर चुनौतीहरू पनि सामना गरिरहेको चर्चा गरे । विशेषगरी सामाजिक सञ्जालमार्फत फैलिने ‘मिथ्या सूचना’ र भ्रामक समाचारप्रति चिन्ता व्यक्त गर्दै उनले व्यावसायिक पत्रकारिता र तथ्यपरक सूचना सम्प्रेषणमा सचेत रहन आग्रह गरे । उनले भने, ‘हामीले प्रवासमा बसेर नेपाल र राज्यका निकायका बारेमा कस्तो सन्देश प्रवाह गरिरहेका छौँ भन्ने कुराले विदेशीहरूले हामीलाई हेर्ने दृष्टिकोण तय गर्छ, त्यसैले जिम्मेवार पत्रकारिता आजको आवश्यकता हो ।’
पौडेलले जापानमा नेपालीहरूको सङ्ख्या तीव्र रूपमा बढे पनि दूतावासमा कर्मचारी र स्रोत साधनको अभाव हुँदा सेवा प्रवाहमा चाप परेको यथार्थ पनि सुनाए । सन् १९६५ मा दूतावास स्थापना हुँदाका सीमित कर्मचारीले नै अहिले १ लाख ६० हजारभन्दा बढी नेपालीको कार्यभार सम्हाल्नु परिरहेको भन्दै उनले यस्ता समस्या समाधानका लागि सञ्चार माध्यमले राज्यको ध्यानाकर्षण गराइदिनुपर्ने बताए । ‘हामी कहाँ जनशक्ति थपिनुपर्छ भन्ने कुरामा पत्रकारहरूको पनि सहयोग चाहिन्छ,’ उनले भने ।
नेपाल र जापानबिचको कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठको अवसरमा यस्तो ऐतिहासिक सम्मेलन आयोजना हुनु गौरवको विषय भएको बताउँदै उनले जापानको उच्च प्रविधि, लगानी र पर्यटनलाई नेपालसम्म पुर्याउन डायस्पोराका पत्रकारहरूले पुलको काम गर्नुपर्ने उल्लेख गरे ।
सम्मेलनले तय गर्ने ‘टोकियो घोषणापत्र’ले व्यावसायिक पत्रकारिता र राज्यसँगको समन्वयमा नयाँ मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गर्दै उनले सम्मेलनको पूर्ण सफलताको शुभकामना व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण