साउनको दोस्रो सोमबार पशुपतिसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा दर्शनार्थीको लर्को लागेको छ।
बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठले जानकारी दिएकी छन्। साउने झरीको प्रवाह नगरी भक्तजन बिहानैदेखि मन्दिरमा दर्शनका लागि पुगेका छन्।
यस अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनका लागि सहज, सुरक्षित तथा व्यवस्थित दर्शन र विशेष पूजाको प्रबन्ध मिलाइएको छ। साउन ४ गते परेको पहिलो सोमबारको तुलनामा आज पशुपति क्षेत्रमा थप व्यवस्थापन गरिएको छ। गत हप्ता नभ्याएका काम यस हप्ता पूरा गरिएको कोषले जनाएको छ।
दर्शन व्यवस्थापनलाई प्रभावकारी बनाउन कोषका पदाधिकारी र कर्मचारीका साथै मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी र विभिन्न धार्मिक तथा सामाजिक सङ्घसंस्था परिचालन भएका छन्। लाखौँ भक्तजनलाई सहज रूपमा दर्शन गराउने गरी तयारी गरिएको कोषका सदस्यसचिव तीर्थ श्रेष्ठले बताए।
मन्दिरका चारै ढोका बेलुका ८ः०० बजे आरती नभएसम्म खुला रहनेछन् भने विशेष पूजा बिहान ८ः३० देखि मध्याह्न १२ः०० बजेसम्म मात्र हुनेछ। मन्दिर प्रवेशका लागि चार वटा लामको व्यवस्था गरिएको छ। बिहानैदेखि भक्तजन आए पनि लामो लाम भने नभएको र प्राथमिक उपचार लगायतका सेवा उपलब्ध गराइएको कोषले जनाएको छ।
पशुपतिनाथका साथै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर र वसन्तपुरस्थित मक्खन महादेवलगायत देशभरका सानाठूला शिव मन्दिरहरूमा बिहानैदेखि पूजाआराधना गर्ने भक्तजनको घुइँचो लागेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनगढीमा आत्मदाहको प्रयास गरेकी युवतीको मृत्यु
-
नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
-
लाभको बाँडफाँटसम्बन्धी बहस जायज
-
संरक्षण क्षेत्रको नीतिमा व्यापक सुधार आवश्यक
-
पेन्टागनले चुपचाप सच्यायो हताहतको विवरण, मृतक र घाइते अमेरिकी सैनिक ६ सय नाघे
-
सुनसरीमा झडप : सचेतक परियारद्वारा संयम अपनाउन र निष्पक्ष छानबिन गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण