फिल्म ‘गौँथली’ ले पहिलो सातामै कमायो साढे ७ करोड
सारांश
- फिल्म ‘गौँथली’ ले प्रदर्शनको पहिलो सातामै ७ करोड ४२ लाख ७३ हजार ८५९ रुपैयाँ ग्रस कमाइ गरेको छ ।
- यो कमाइसँगै ‘गौँथली’ यस वर्ष सर्वाधिक कमाइ गर्ने दोस्रो फिल्म बनेको छ, जसले ‘लालीबजार’को ९ करोड ३२ लाखको रेकर्ड तोड्ने सम्भावना छ ।
- फिल्मले प्रदर्शनको सुरुवाती दिनमा करिब २ सय शो पाए पनि अहिले २५० भन्दा बढी शो पाइरहेको छ र दर्शकको चाप उच्च छ ।
काठमाडौँ । फिल्म ‘गौँथली’ ले पहिलो सातामै साढे ७ करोडको व्यवसाय गर्न सफल भएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको आइतबार राति दश बजेसम्मको बक्स अफिस रिपोर्टमा फिल्मको आम्दानी ७ करोड ४२ लाख ७३ हजार ८५९ रुपैयाँ ग्रस रहेको छ । फिल्मलाई सो अवधिमा २ लाख ६० हजार २५४ जनाले हरेका छन् ।
साउन १ गतेबाट प्रदर्शनमा आएको फिल्म गीतकार तथा स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालका छोरा डा.कपिल रिजालले निर्देशन गरेका हुन् । योसँगै ‘गौँथली’ यस वर्षको सर्वाधिक कमाइ गर्ने दोस्रो फिल्म बनेको छ । पहिलो स्थानमा ‘जात्रा’ समूहको फिल्म ‘लालीबजार’ छ, जसले ९ करोड ३२ लाख रुपैयाँ ग्रस व्यापार गरेको थियो । यो फिल्मको रेकर्ड ‘गौँथली’ले यसै साता तोड्ने निश्चित देखिएको छ । किनभने फिल्मले यो साता झन् आक्रमक व्यवसाय गरिरहेको छ ।
सुरुमा करिब २ सय शो पाएको ‘गौँथली’ ले अहिले २५० भन्दा माथि शो पाइसकेको छ । अधिकांश शोमा दर्शकको चाप उच्च रहँदा व्यापारिक रिपोर्ट उत्साहप्रद रहेको छ । पहिलो दिन औसत देखिएको हलमा त्यसपछिका दिनमा अकुपेन्सी बढेर हाउस फूलसम्म हुँदै आएको छ ।
कलाकारसहितको टिम अहिले पनि हलहलमा पुगेर दर्शकको प्रतिक्रिया बुझिरहेको छ । काठमाडौं उपत्यकासहित कलाकारहरू मोफसलका हल पुगेर दर्शकलाई भेटिरहेका छन् । दर्शकले मौलिक चलचित्र भन्दै तारिफ गरिरहेका छन् ।
फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना लगायत कलाकारको अभिनय छ ।
डा.भोला रिजालको कथामा आधारित फिल्मको पटकथा तथा संवाद डा.कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् ।
घर, परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखिएको फिल्मको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडीले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोलनको ‘द ओडिसी’ सामाजिक सञ्जालमा लिक, २० लाखभन्दा बढीले हेरे
-
‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग
-
पोखरामा अमेरिकी नागरिकको मृत्यु
-
‘रोल नं. १’ र ‘भागदौड’को आम्दानी कति ?
-
प्रचण्डको निर्वाचन क्षेत्रमा समानान्तर समिति बनाउने प्रयास असफल
-
ठुला प्रविधि कम्पनीविरुद्ध उर्लंदो जनलहर : डाटा सेन्टर रोक्ने विश्वव्यापी अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण