२४ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
सारांश
- देशका २४ जिल्लामा रहेका साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।
- प्रमुख नदीहरूको जलसतह सतर्कता तहभन्दा तलै रहे पनि साना नदीहरूमा बहाव बढ्ने सम्भावना छ।
- आज, भोलि र पर्सिसम्म विभिन्न प्रदेशका साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने अनुमान गरिएको छ।
काठमाडौँ । देशका मुख्य नदीहरूमा पानीको बहाव सामान्य रहे पनि विभिन्न २४ जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको मापनमा कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली, कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्तीसहित तिनका सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै छ।
आज ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर र ललितपुर भई बहने साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने सम्भावना छ। यसैगरी बर्दिया, दार्चुला, बझाङ, बैतडी, डडेल्धुरा, डोटी, कैलाली, कञ्चनपुर र आसपासका जिल्लाका साना नदीहरूमा पनि आकस्मिक बाढी आउन सक्ने महाशाखाले जनाएको छ।
भोलि कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही साना नदीहरूमा बहाव एक्कासि बढ्न सक्ने अनुमान गरिएको छ। त्यसैगरी पर्सि कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश भई बहने केही साना नदीहरूमा पनि आकस्मिक बाढीको सम्भावना रहेको छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभा पुरुष भलिबल : पाँचौ स्थानका लागि भएको खेलमा पनि हार्यो नेपाल
-
चिटिक्क एयरपोर्ट (फोटोफिचर)
-
प्रश्नपत्र लिकका घटना किन दोहोरिन्छन् ?
-
संयुक्त राष्ट्र सुरक्षा परिषद्मा फ्रान्सको सम्बोधनकै बेलामा उठेर हिँडे अमेरिकी कूटनीतिज्ञ
-
दलित तथा विपन्नका लागि ३६ हजारभन्दा बढी आवास निर्माण
-
स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय बनाउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण