टीभीएस अपाचे आरटीआर १६० फोरभी नेपालमा, यस्ता छन् विशेषता
काठमाडौं– नेपालको लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले टीभीएस आरटीआर १६० फोरभी मोडेल नेपालमा सार्वजनिक गरेको छ । दुइ पाङग्रे्रे र तिन पाङग्रे्रे सवारी साधन निर्माता कम्पनि टि भी एस अटोमोबाइल क्षेत्रमा विश्वप्रसिद्द कम्पनी हो ।
आफ्नो रेसिड्ड विरासतको आयाम आरटीआर सिरिज अन्तर्गतको यो मोटरसाइकल टीभीएस आरटीआर १६० ४ भी अत्यन्त शक्तिशाली १६० सीसी मा रहेको कम्पनीले बताएको छ । काठमाडौको भ्रीकुटिमण्डपमा आयोजित टीभीएस अपाचे आरटीआर १६० फोरभी बिट्स नामक कार्यक्रम मार्फत नयाँ मोटरसाइकल सार्वजनिक भएको हो।
उक्त सांगीतिक कार्यक्रममा नेपालका प्रसीद्ध गायकहरु सुगम पोखरेल, एड्रिन प्रधान, रबिन तामाङ्ग,निरन शाही, हरि महर्जन, निखिल तुलाधर, सरद शाही आदिले आफ्नो प्रस्तुती दिएका थिए ।
४ भल्भ, आयल कुल्ड इन्जिन भएको बेस्ट एन क्लास टीभीएस आरटीआर १६० फोरभी, इण्डियन नेशनल मोटरसाइकल रेसिड्ड च्याम्पियनशिप (आइएनएमआरसी) को छ पटकको बिजेता मोटरसाइकल हो, “टीभीइएस अपाचे आरटीआर सिरिज बजारमा ल्याएको १० वर्ष नबित्दै ग्राहक बर्गमा अभूतपूर्व रुपमा सफल भयको कम्पनीको दावी छ।
नयाँ टीभीएस आर ई आर १६० फोर भी मा थप प्रविधिहरु सहित आएको छ। यो मोटरसाइकल नेपालको लागि सबैभन्दा शक्तिशाली इन्जिन भयको १६० सीसी र बेस्ट इन क्लास मोटसाइकल हुनेमा कम्पनी विश्वस्त रहेको जगदम्बा मोटर्सका प्रवन्ध निर्देशक शाहील अग्रवालले बताए । उनले “यसमा भैको सुपेरियर पर्फर्मेन्स र डाइनामिक रेसिंङ्ग लुकले सहजै नेपाली ग्राहकहरु माझ सफल हुने कुरामा म बिश्वस्त रहेको छु ।”
टीभीएस आरटीआर १६० फोरभी कार्बोरेटोर भेरिइन्टमा उपलब्ध रहेको छ। १५९.७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन रहेको उक्त मोटरसाइकल १६.५ पी एस ८००० आर पी एममा र १४.८ एनएम ६५०० आरपीएममा रहेको छ। पावर राइडिड्डको लागि सुपर स्लिक मेटेड ५ स्पिड गियर बक्स रहेको छ, जसले पावरफुल राइडिड्ड को अनुभव प्रदान गर्नेछ ।
आफ्नो रेसिंग विरासतलाई कायम राख्नको लागि टीभीएस अपाचे आरटीआर १६० फोरभी पावोर टु वेट रेसियोमा टप ११३ किलोमिटर प्रति घण्टा रहेको छ । जसले आश्चर्य जनक रुपमा ०(६० किलोमिटर प्रति घण्टा मात्र ४.७३ सेकेन्डमा पुरा गर्ने कम्पनीको दावी छ । यो मोटरसाइकलको मुल्य २ लाख ७९ हजार ९ सय कायम टीभीएस अपाचे १६० फोरभी आकर्षक रेसिंग रेड, मेटालिक ब्लु र नाइट ब्ल्याक रंगहरुमा उपलब्ध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलित तथा विपन्नका लागि ३६ हजारभन्दा बढी आवास निर्माण
-
स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय बनाउने तयारी
-
नारायणी अस्पतालका सबै चिकित्सकले दिए राजीनामा, आकस्मिक सेवा पनि बन्द
-
चिटले काम गर्न नसक्ने गरी प्रश्नपत्र बनाइनु पर्छ
-
सुनसरी घटनाको विरोधमा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
‘गाडी विलासिता होइन आवश्यकता हो, डाउनपेमेन्ट २० प्रतिशतमा झार्नुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण