बिम्स्टेक सुरक्षाको पहिलो घेरामा नेपाली सेना
काठमाडौं– बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन भदौ १४ र १५ गते काठमाडौंमा हुँदै छ । सम्मेलनको पूर्वसन्ध्यामा चारवटै सुरक्षा निकालयले आफ्नो तयारी तीब्र बनाएका छन् ।
गृह मन्त्रालयले तयार पारेको सुरक्षा योजना अनुसार भीभीआईपी सुरक्षाको पहिलो घेरामा नेपाली सेना रहने छ । दोस्रो घेरामा प्रहरी र तेस्रो घेरामा सशस्त्र प्रहरीको सुरक्षा घेरा रहने बताइएको छ ।
‘सुरक्षाको पहिलो घेरामा नेपाली सेनाको लिड हुन्छ’ सैन्य प्रवक्ता सहायकरथी गोकुल भण्डारीले रातोपाटीसँग भने, ‘आवश्यकता अनुसार पर्याप्त सैनिक परिचालन गर्नेगरी सुरक्षा योजना बनेको छ ।’
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागसँगको समन्वयमा सुरक्षा योजना निर्माण भइरहेको सैन्य प्रवक्ता भण्डारीले बताए ।
अति विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि–२०७० अनुसार गृह मन्त्रालयले तयार गरेको सुरक्षा योजना अनुसार दोस्रो घेरामा नेपाल प्रहरी रहने छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सम्मेलन अवधिभर भीभीआईपीको मुभमेन्ट हुने स्थानहरुमा कुल १२ हजार प्रहरी परिचालित हुनेछन् ।
काठमाडौंको सोल्टी होटलमा हुने शिखर सम्मेलनको तेस्रो घेरामा सशस्त्र प्रहरी बल परिचालित हुनेछ । सशस्त्र प्रहरी बलका सुरक्षा अधिकारीहरुले भीभीआईपी मुभमेन्ट हुने स्थानहरुका पुल, आकाशेपुल र कल्भर्टहरुको सुरक्षा गर्ने सशस्त्र प्रहरी बलका एक उच्च अधिकारीले जानकारी दिएका छन् । सम्मेलन अवधिभर करिब ४ हजार सशस्त्र प्रहरी बालका सुरक्षा अधिकारीहरु परिचालिन हुनेछन् ।
सम्मेलनको पूर्वसन्ध्यामा सोमबार ग्रान्ड रिहर्सल हुने भएको छ । बिहान ५ बजेदेखि त्रिभुवन विमानस्थलबाट शुरु हुने ग्रान्ड रिहर्सलमा भीभीआईपी पाहुनाहरुलाई सोल्टी होटलसम्म कसरी लैजाने र गाला डिनरका लागि हायात होटल सम्म कसरी लैजाने भन्नेबारे अभ्यास गरिने बताइएको छ ।
यस्तो हुन्छ, भीभीआईपी कार्गेड
बिम्स्टेक सम्मेलनका लागि भारत, भुटान, बंगलादेश, म्यानमार, थाइल्याण्ड, श्रीलंका सहित आयोजक राष्ट्र नेपालका सरकार प्रमुख र राष्ट्र प्रमुखहरु सहभागी हुन्छन् ।
अति विशिष्ट ब्यक्ति सुरक्षा कार्यविधि–२०७० अनुसार एकजना भीभीआईपीको गाडीलाई नेपाल प्रहरीका सात वटा मोटरसाइकलले कभर गर्नेछ ।
भीभीआईपीको गाडीको सबैभन्दा अगाडि मोटरसाइकल, त्यसपछि नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को गाडी र त्यसपछि नेपाली सेनाको गाडी हुनेछ ।
नेपाली सेनाको गाडीभन्दा पछाडि रहने भीभीआईपीको गाडीलाई नेपाल प्रहरीको चार वटा मोटरसाइकलले कभर दिनेछ । सात वटै भीभीआईपीको गाडी पछाडी नेपाली सेनाका सुरक्षा अधिकारीको गाडी र त्यसपछि प्रहरीको गाडीले स्कटिङ गर्नेगरी सुरक्षा योजना तयार भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धान रोपाइँमा किसानकाे लागत बढ्यो
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण