दुई प्रधानमन्त्रीले नेपाल भारतमैत्री धर्मशालाको उद्घाटन गर्दा जे देखियो (फोटोफिचर)
शुक्रबार, १५ भदौ २०७५, १९ : ४८
काठमाडौँ । भारतको सहयोगमा निर्माण भएको पशुपतिनाथस्थित नेपाल भारतमैत्री धर्मशालाको प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीले सन् २०१४ जुलाईमा पहिलोपटक नेपाल भ्रमणमा आएका बेला उक्त धर्मशाला निर्माणको घोषणा गरेका थिए ।
२२ करोडभन्दा बढी भारतीय रुपैयाँ लगानी गरेर निर्माण भएको उक्त धर्मशालामा तीन सय ९७ जना बस्न मिल्ने ८८ वटा कोठाहरु छन् । करिब पाँच रोपनी जग्गामा निर्माण गरिएको उक्त धर्मशाला निर्माण कार्य नाकाबन्दीका बेला रोकिएको थियो । शुक्रबार दुई देशका प्रधानमन्त्रीले संयुक्त रुपमा धर्मशालाको उद्घाटन गर्दा देखिएका दृष्यहरुलाई हामीले क्यामेरमा कैद गरेका छौ । तस्विरः कृष्ण खड्का/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण