फोहोरमा फ्याँकियो नयाँ बुलेटः मालिक भन्छन्, ‘रोयल इनफिल्डले धोका दियो, अब यसको काम छैन’
रोयल इन्फिल्डले आफ्नो नयाँ सिरिज पेगासस ५०० का मालिकलाई केही निश्चित समाधान दिन नसकेको भन्दै भर्खरै किनिएको नयाँ बुलेटलाई एक व्यक्तिले फोहोरमा फ्याँकेका छन् । सोसल मिडियामा पोष्ट भएको जानकारी अनुसार पेगासस मालिक धिरज जारुवाले बुलेटले नयाँ सिरिज बजारमा उतारेपछि अब उनको पेगासस ५०० को कुनै काम नभएकाले फोहारमा फ्याँकिएको बताएका छन् ।
स्रोतका अनुसार उनले यसो गर्नुको कारण निकै रोचक छ । गत महिना रोयल इन्फिल्डले पेगासस ५०० मोटरसाइकलको लिमिटेड इडिसन भारतमा लञ्च गर्यो । उनीहरुले उक्त बाइक निकै विशिष्ट भएको बताउँदै भारतमा दुई सय ५० वटा र संसारभरी हजारवटा मात्र वितरण गरिने जानकारी दिए ।
तर त्यसको केही हप्तापछि अगस्ट २८ मा उक्त कम्पनीले क्लासिक सिग्नल ३५० भर्सन लञ्च गरे जुन पेगासस मोडल जस्तै देखिन्छ र ८० हजार भारु सस्तो पनि । पेगासस किन्न नसकेकालाई डिलरले फोन गरेरै उक्त नयाँ बाइक पेगासस जस्तै भएको र यसमा पेगाससमा नभएको एबीएस पनि भएको जानकारी दिए । कम्पनीको यस्तो व्यवहारका कारण संसारभरीका पेगासस मालिक रुष्ट छन् । उनीहरुले रोयल इन्फिल्डले निकै सिमित भनिएको बाइकको कपी लञ्च गरेर आफूहरुलाई धोका दिएको बताएका छन् ।
पेगासस मालिकले इमेल र फोनमार्फत् चित्त बुझ्दो जवाफ नपाएका कारण पनि आफूहरुलाई थप रिस उठेको बताएका छन् ।
धिरजले एक मिडियासँगको कुराकानीमा जहिलेसम्म कम्पनीले यो समस्याको समाधान गर्दैन, उनले आफ्नो मोटरसाइकल फोहोरको थुप्रोबाट बाहिर ननिकाल्ने बताएका छन् । केही अन्य प्रयोगकर्ताले पनि रोयल इन्फिल्डलाई ट्याग गर्दै आफ्नो बाइकलाई फोहोरमा फ्याँकेर ट्वीट गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
-
चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
-
अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण