रनरका ५ बाइक नाडा अटो शोमा सार्वजनिक
काठमाडौं – भृकुटीमण्डपमा जारी नाडा अटो शोमा बंगलादेशी बाइक कम्पनी रनरले आफ्ना ५ नयाँ मोडल सार्वजनिक गरेको छ । कम्पनीले १५० देखि २५० सीसी सम्मका स्पोर्ट्स सिरिज, डर्ट बाइक, स्ट्रिट बाइक र प्युअर स्कुटर रेन्ज उपलब्ध गराएको छ । कम्पनीले आकर्षक मूल्य र विभिन्न स्किमका साथ यी बाइक उपलब्ध गराएको बताएको छ ।
फायरब्लेड सिरिज
फायरब्लेडमा १६५ सीसी सीडीआई टीवाईएस इन्जिन छ, जसले १० किलोवाट पावर र ११।५ एनएम टर्क प्रदान गर्छ । यसमा १८ लिटरको इन्धन ट्यांकी छ, जसका कारण पटक पटक इन्धन भर्नु पर्ने झन्झट हुँदैन । यसमा १७० एमएम ग्राउन्ड क्लियरेन्स छ र अफरोड राइडका लागि उपयुक्त हुन्छ ।
यो विभिन्न ३ कलरमा उपलब्ध छ । यसको मूल्य ३ लाख २५ हजार रुपैयाँ छ । फायरब्लेडमा १२५ सी सी मा पनि ३ उपलब्ध रहेको छ ।

हक २००
नेपालका अफरोडहरुमा कुँदाउनका लागि उपयुक्त हक २०० उपयुक्त भएको र यसले ८ किलोवाट पावर र १४ एनएम टर्क उत्पादन गर्ने कम्पनीले बताएको छ । बाइक चलाउन सहजतका लागि यसमा सीजी ब्यालेन्सर छ । त्यसैगरी सुरक्षाका लागि दुवै पांग्रामा फराकिलो साइजका डिस्क ब्रेक छन् । यसको मूल्य ३ लाख ५९ हजार रुपैयाँ छ ।
डोमिनेटर २५०
यो बाइकमा ब्यालेन्स सिफ्ट सहितको इन्जिन छ, जसले १६।५ किलोवाट पावर र २० एनएम टर्क उत्पादन गर्छ । यसमा भएको एग्रेसिभ स्पोर्टी लुक्स, स्टाइल र एरोडाइनामिक बडी स्ट्रक्चरका कारण यही सेगेमेन्टका बाइक भन्दा यो फरक भएको कम्पनीको भनाइ छ ।
यसमा भएका मोनो सस्पेन्सन र फराकिलो डिस्क ब्रेकले गतिशीलता र सुरक्षामा थप भूमिका खेल्छन् । डबल साईलेन्सर सहित को आकरशम लुक्स भएको उक्त बाईक को मूल्य ३ लाख ८४ हजार रुपैयाँ छ ।

मोटो ११० स्कुटर
रनरले पहिलो पटक नेपाली बजारका लागि विशुद्ध स्कुटर सेगमेन्ट उपलब्ध गराएको हो । यो स्टाइलिस युनिसेक्स स्कुटरमा ११० सीसीको फोर स्ट्रोक इन्जिन र भेरिएबल स्पिड गियरबक्स छ । यसमा भएको १४ इन्चको रेडियल टायरका कारण स्मुद तथा अफरोड राइडिङ दुवैमा सहजता हुन्छ ।
यो स्कुटर विभिन्न ७ कलरमा उपलब्ध छ । यसको मूल्य २ लाख ४५ हजार रुपैयाँ छ । नेपालमा रमन मोटर्सले रनर बाइक बिक्री–वितरण गरिरहेको छ । कम्पनीले सेल्स, सर्भिस, स्पेयर पार्ट्स र सेफ्टी समेत गरी फोर एस सेवा उपलब्ध गराइरहेको बताएको छ ।
नाडा अटो शोको अवसरमा यी बाइक र स्कुटरमा २० देअी ३० हजार रुपैयाँ छुट समेत उपलब्ध गराएको बताएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलित तथा विपन्नका लागि ३६ हजारभन्दा बढी आवास निर्माण
-
स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय बनाउने तयारी
-
नारायणी अस्पतालका सबै चिकित्सकले दिए राजीनामा, आकस्मिक सेवा पनि बन्द
-
चिटले काम गर्न नसक्ने गरी प्रश्नपत्र बनाइनु पर्छ
-
सुनसरी घटनाको विरोधमा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
‘गाडी विलासिता होइन आवश्यकता हो, डाउनपेमेन्ट २० प्रतिशतमा झार्नुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण