अख्तियार प्रमुखमा नवीन कुमार घिमिरेको नाम अनुमोदन
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नवीन कुमार घिमिरेको नाम अनुमोदन भएको छ । संसदीय सुनुवाई विशेष समितिको बिहिबारको बैठकले उनको नाम सर्वसम्मतिले अनुमोदन गरेको समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए ।
संवैधानिक परिषदको भदौ २० गते बसेको बैठकले उनको नाम आयोगको प्रमुखमा सिफारिस गर्ने निर्णय गरेको थियो ।
सोही अनुसार उनीबारे आज संसदीय सुनुवाई भएको थियो । सुनुवाई पछि समितिले उनको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।
यसअघि समितिमा सांसदहरुले राखेका विभिन्न प्रश्नको जवाफ दिँदै प्रस्तावित प्रमुख आयुक्त घिमिरेले अख्तियारको गरिमा र प्रतिष्ठालाई कायमै राखेर अघि बढने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले आयोगको अनुसन्धानको कामलाई प्रभावकारी बनाउन सक्दो पहल गर्ने योजना पनि सार्वजनिक गरे ।
बैठकमा समितिका सदस्यहरुले आयोगलाई प्रभावकारी बनाउन आवश्यक पहलकदमी लिन घिमिरेलाई सुझाव दिएका थिए ।
समितिका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले अख्तियारलाई राजनीतिक प्रभावबाट मुक्त राखेर अघि बढन कार्यबहाक प्रमुख आयुक्त घिमिरेलाई आग्रह गरेका थिए ।
समितिका अर्का सदस्य योगेश भट्टराईले सरकारको छायामा नपर्न घिमिरेलाई सचेत गराए । उनले अख्तियारलाई प्रभावकारी बनाउन समितिबाट आवश्यक सहयोग हुने पनि बताए ।
संसदीय सुनुवाई समितिबाट उनको नाम अनुमोदन भएसँगै अब उनी राष्ट्रपतिबाट अख्तियारको प्रमुख आयुक्तमा नियुक्त हुनेछन् ।
अख्तियार प्रमुख दीप बस्नेतको बहिर्गमनपछि उनी कामुको हैसियतमा थिए ।
घिमिरे २०७१ सालमा अख्तियारको आयुक्त नियुक्त भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्पत्ति शुद्धीकरण मुद्दा : व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको बयान जारी
-
ऊर्जा क्षेत्रका जल्दाबल्दा एजेण्डा सरकारको नीतिमा समेट्न सफल : निवर्तमान अध्यक्ष कार्की
-
प्रतिनिधिसभा : राष्ट्रियताका सवालमा विपक्षीबाट सरकारको जवाफ माग
-
इप्पानका पूर्वअध्यक्ष आचार्यको आक्रोश : सरकारी निकायमा निवेदन दिनु पशुपतिमा फूल चढाए जस्तै भयो
-
संसदमा बाँदरपछि हात्ती आतंकको चर्चा
-
बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापासहित ८ जनाविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण