उपत्यकाका किसानलाई धान काट्ने चटारो (फोटोफिचर)
काठमाडौ – नेपालीहरुको महान चाड दशैं नजिकै आइसकेको छ । यहि समयमा काठमाडौं उपत्यका वरिपरिका स्थानका किसानहरुलाई भने धान काटेर भित्र्याउने चटारो छ ।
जेठ–असारमा धान रोप्ने यस भेगका किसानहरु बर्षेनी असोज महिनामा चार महिनाअघि रोपेको धान काटेर भित्र्याउने चटारोमा हुने गर्छन् । काठमाडौं उपत्यकामा मलिलो र उर्वर माटो भएकाले खेतीका योग्य मानिएपनि पछिल्लो समय यो उर्वर भूमिमा घर लगायततका संरचना बनेकाले खेतीयोग्य जमिन मासिदै गएको छ ।
भौतिक संरचना केही कम भएका स्थानहरु भक्तपुरको चागुनारायण, काठमाडौंको कागेश्वरी, मनहरा लगायतका स्थानमा भने अझै पनि किसानहरुले धान रोप्ने परम्परालाई अझै निरन्तरता दिइरहेका छन् । तर, कतिपय किसानहरुले पाकेको फसल भित्र्याउन जनशक्ति अभाव हुने गरेको गुनासो गरेका छन् । उनीहरुले भनेका समयमा कामदार नपाइने भएकाले पालो कुरेर काम गर्नुपरेको बताएका छन् ।
‘गाउँघरमा आवश्यक जनशक्ति पाइदैन । त्यसैले तराईका जिल्ला र भारतबाट समेत कामदार मगाएर धान भित्र्याउने गरेका छौं’ चाँगुनारायणमा धान काट्दै गरेको एक किसानले गुनासो गरे । तस्विरः कृष्ण खड्का /रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण