इन्धन बोक्ने ट्यांकरमा २९५ किलो गाँजाको चिप्पड
काठमाडौं–पटक–पटक इन्धन बोक्ने ट्यांकरमार्फत तस्करी हुँदै आएको लागु औषधको कारोबार अझै रोकिएको छैन ।
प्रहरीले मंगलबार बिहान मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटारबाट रक्सौलतर्फ इन्धन भर्न जाँदै गरेको ट्यांकरबाट ठूलो परिमाणमा गाँजाको चिप्पड बरामद गरेको छ ।
‘मंगलबार बिहान करिब ५ बजे ना.४ ख ३९६९ नम्बरका ट्यांकर रोकेर चेकजाँच गर्ने क्रममा २९५ किलो गाँजाको चिप्पड फेला परेको छ’ लागु औषध नियन्त्रण ब्यूरोका निमित्त प्रमुख एसएसपी विश्वराज पोखरेलले भने, ‘चिप्पड सहित हामीले ट्यांकर चालकलाई नियन्त्रणमा लिएका छौं ।’
विशेष सूचनाका आधारमा लागु औषध नियन्त्रण ब्युरो काठमाडौंबाट खटिएको प्रहरी टोलीले ट्यांकर चालक बाराको जितपुर सिमरा उप–महानगरपालिका–२२ स्थायी घर भएका प्रल्हाद ठकुरीलाई पक्राउ गरेको हो ।

प्रहरीले बरामद गरेको गाँजा चितवन र मकवानपुरका विभिन्न स्थानहरुमा उत्पादन भएको बताइएको छ । एसएसपी पोखरेलका अनुसार बरामद गरिएको चिप्पडको बजार मूल्य करिब ४५ लाख हुन आउँछ ।
गाँजा तस्करहरुले तेलको ट्यांकरमा लुकाएर मकवानपुर हुँदै भारतिय सिमावर्ती बजार रक्सौलम्म लगेबापत ४० हजार कमिशन पाउने प्रहरी अनुसन्धानबाट खुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा
-
‘स्ट्रेट अफ होर्मुज’ नजिक दुई ट्याङ्करमाथि आक्रमण, कतारद्वारा निन्दा
-
कोशी प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिताः झापाका नेपाललाई उपाधि
-
कोलम्बियाको धारिलो आक्रमणअघि स्विट्जरल्यान्डको उत्कृष्ट लय
-
गोल्डेन बुटको दौडमा मेस्सी नै अगाडि, इजिप्टलाई हराएपछि मैदानमा रोए
-
७८ मिनेटसम्म २-० ले पछि परेको अर्जेन्टिनाले १३ मिनेटमा ३ गोल गरेर इजिप्टलाई घर पठायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण