१२ दिने विदेश भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली (फोटोफिचर)
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको महासभाको ७३ औँ बैठकमा सहभागि भएर विहीबार स्वदेश फर्किएका छन् ।
प्रधानमन्त्री ओलीलाई बिहीबार अपरान्ह कार्यबाहक प्रधानमन्त्री इश्वर पोखरेल त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।
गत असोज ६ गते महासभा बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गदै प्रम ओली न्युयोर्क प्रस्थान गरेका थिए ।
महासभा बैठकपछि प्रम ओली कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमणमा गएका थिए ।
त्यस्तै प्रधानमन्त्री ओलीले न्यूयोर्कमै राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनलाई सम्बोधनपछि कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग दुईपक्षीय भेटवार्ता पनि गरेका थिए ।
प्रधानमन्त्री ओलीले सान होजेमै शान्ति विश्वविद्यालयले (युनिभर्सिटी फर पिस) प्रदान गरेको मानार्थ विद्यावारिधीको उपाधि ग्रहण गरेका थिए ।
प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रमुख सल्लाहकार विष्णु रिमाल, शिष्टाचार महापाल दीपक अधिकारीलगायत सहभागि थिए ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण