यस्तो छ लोक सेवा आयोग, उप सचिव पदको प्रथम पत्रको नमूना प्रश्नपत्र

सबै प्रश्नहरु अनिवार्य छन् ।
पूर्णाङ्क : १०० समय : ३ घण्टा
१) राज्यको पुर्नसंरचना भन्नाले के बुझिन्छ ? नेपालमा यसको किन आवश्यकता छ ? तर्कयुक्त ढंगले विवेचना गर्नुहोस् ।
(१५)
२) नागरिकता प्रदान गर्न नागरिकको पहिचानका लागि व्यवस्था गरिएका आधारहरु उल्लेख गर्दै नेपालमा विद्यमान नागरिकता सम्बन्धी समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्न के ˗ कस्ता सुधारका उपायहरु अबलम्बन गर्नुपर्ला ? तर्कपूर्ण सुझावहरु दिनुहोस् । (७ं८=१५)
३) प्रशासनको प्रभावकारिता नेतृत्वमा भर पर्छ भन्नेहरु पनि छन् । असल प्रणालीको विकास नभई नेतृत्व मात्रले सम्भव छैन भन्नेहरु पनि छन् । यी भनाईहरुको सन्द्रर्भमा आफ्नो राय प्रष्ट पार्नुहोस् । (१५)
४) संकीर्ण राजनैतिक स्वार्थ नराखी बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक नेपाली समाजलाई बलियोे एकताको सुत्रमा बाँधीराख्न परिवर्तित परिस्थितिमा समाजका अग्रणीहरुले के कस्ता कामहरु गर्नुपर्ने ठान्नुहुन्छ ? आफ्नो धारणा प्रस्तुत गर्नुहोस् । (१५)
५) निजामति सेवामा व्यवस्था गरिएको ©समावेशीकरण© ले नेपालको भावी प्रशासनमा कस्तो प्रभाव पार्ला ? विभिन्न जातजातिलाई छुट्याइएको पदपुर्ति गर्न कस्तो कठिनाई आउन सक्ने सम्भावना देख्नुहुन्छ ? मौलिक उत्तर दिनुहोस् ।
(१५)
समस्या समाधान
६) नेपालमा आवधिक योजनाको यति लामो अवधिभर सम्ममा पनि विकासका प्रतिफल जनसमक्ष अपेक्षा गरे अनुरुप पुगेको छैन, साधन र स्रोतका दृष्टिÄले नेपालभन्दा धेरै कमजोर राष्टÄहरु पनि आज विकसित राष्टÄहरुका हाराहारीमा पुगिसकेको अवस्था छ । राष्टÄका विकास योजना, आयोजनाका लक्ष्य तथा उद्देश्यलाई कार्यान्वयनमा रुपान्तरण गर्न परिवर्तनका संवाहक मानिएका कर्मचारीहरु पनि सबल, सक्षम नै देखिन्छन् । विकास प्रशासनका विविध पक्षमा शिक्षा तथा तालिम प्राप्त व्यत्तिहरु पनि राष्टÄमा निकै भइसके । विकासका लागि आवश्यक पर्ने कानूनी, नीतिगत एवम् संस्थागत संरचनाहरु पनि नभएका होइनन् तथापि माथि उल्लेख गरेझैं विकास प्रशासनमा राष्टÄले सन्तोष गर्ने अवस्था रहेको छैन ।
अतः नेपालको विकास प्रशासनका चुनौती तथा समस्याको पहिचान गर्नुहोस् र कसरी चुनौतीलाई अवसरमा परिणत गर्न सकिन्छ ? समस्याको निदान हुन सक्तछ ? अनुगमन तथा मूल्यांकनको ठोस योजना सहित समस्याको समाधान प्रस्तुत गर्नुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
यसरी फिर्ता हुँदै छ लिच्छविकालीन इखा पुखु (तस्बिरहरू)
-
रुपन्देहीमा पेस्तोलसहित दुई युवा पक्राउ
-
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?
-
गभर्नरको रेसमा रहेका श्रेष्ठले राष्ट्र बैंकबाट पाए अवकाश, राजीनामाबारे यस्तो प्रस्टोक्ति
-
दुई दशकदेखि सफल हुन नसकेको पेट्रोलमा इथानोल मिसाउने योजना चालु वर्ष भित्रै कार्यान्वयनमा ल्याइँदै
-
एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?