काँग्रेस पार्टी कार्यालय सानेपामा बास्तोलालाई अन्तिम श्रद्धाञ्जली, १८ तस्बिरमा हेर्नुहोस्
काठमाडौं– नेपाली काँग्रेसका नेता चक्रप्रसाद बास्तोलाको पार्थिव शरीरमा नेताहरुले अन्तिम श्रद्धाञ्जली दिएका छन् ।
उनको शव आज सातदोवाटोस्थित घरबाट काँग्रेस पार्टी कार्यालय सानेपामा लगेर श्रद्धान्जलीका लागि राखिएको हो ।
पार्टी कार्यालयमा बास्तोलाको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न काँग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, नेता रामचन्द्र पौडेल, नेकपा नेता झलनाथ खनाल, महासचिव विष्णु पौडेल लगायत विभिन्न पार्टीका सांसद र अन्य नेता कार्यकर्ता तथा शुभेच्छुक पुगेका थिए ।
हिजो राति निधन भएका बास्तोलाको आजै पशुपति आर्यघाटमा दाहसंकार गरिँदैछ । काँग्रेसले बास्तोलाको निधनपछि पार्टीका पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेको छ ।
काँग्रेसभित्रका कुनै बेलाका चर्चित नेता बाँस्तोलालाई ०६९ पुसमा मस्तिस्कघात भएको थियो ।
त्यसपछि उनलाई नयाँ दिल्लीको मेदान्त अस्पताल लगेर उपचार गरिएको थियो । त्यहाँ तीन महिना उपचार गर्दा पनि ठीक नभएपछि उनलाई स्वदेश फर्काएर उपचार गराइएको थियो । ०७० कात्तिकदेखि भने उनको उपचार घरमै आइसीयू बेड राखेर उपचार गरिएको थियो । उनलाई पाइपबाट खाना खुवाइँदै आएको थियो ।

बिपीको प्रेरणाले बास्तोला ०१७ सालबाट राजनीतिमा होमिएका थिए । विपीबाटै समाजवादी दीक्षा पाएका उनी चर्चित विमान अपहरण (२०३० साल)को नाइकेमध्येका एक थिए ।
बास्तोलाले बनारस हिन्दु विश्वविद्यालय (बीएचयु) मा राजनीतिशास्त्रका पोस्टग्र्याजुएट गरेका थिए । ०४८ संसदीय चुनाव उनी झापाबाट उम्मेदवार भएपनि पराजित भएका थिए । त्यसपछि तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले उनलाई भारतका लागि राजदूत सिफारिस गरेको थियो ।

भारतीय अदालतमा विमान अपहरणको मुद्दा खेपिरहेका बास्तोलाको विषयमा सरकारले भारत सरकारलाई मनाएपछि उनी राजदूत बनेका थिए । परराष्ट्रमनत्री समेत भैसकेका बास्तोला काँग्रेसभित्रका बौद्धिक नेता थिए । सिद्धान्त र दर्शनमा गहिरो रुचि राख्ने उनी पार्टीको चुनावी घोषणापत्र लेखनका बेला नेताहरुको पहिलो रोजाइमा पर्थे ।

२०३० सालको चर्चित विमान अपहरणदेखि तत्कालिन युद्धरत माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन बाँस्तोलाले सक्रिय भूमिका खेलेका थिए । विशेषगरी बाँस्तोलाले सम्पर्क सूत्रको काम गर्दै कोइरालालाई सघाएका थिए ।
बास्तोलाका श्रीमती र दुई छाेरी छन् ।














तस्बिरहरु : कृष्ण खड्का
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण