‘भगवान बन्न’ जसले आफूलाई जमिनमा गाडे
एजेन्सी । भारतका एक व्यक्तिले भगवानको रुपमा पुनर्जन्म लिनका लागि आफूलाई जमिनमा स्वेच्छिकरुपमा गाडेका छन् ।
करिब आठ घण्टा जमिन भित्र गाडेको अवस्थामा रहे पछि उनको उद्दार गरिएको थियो ।
राजस्थानको कारोचो का खेदा गाउँमा रहेको एक मन्दिरमा तान्त्रिक रहेका धिरज खारोलले सो प्रयास गरेका हुन् ।
केही समयअघि उनले आफूलाई जमिनमा गाडेर समाधी लिने र तीन दिनपछि भगवानको रुपमा पुनर्जन्म लिने घोषणा गरेका थिए ।
यता, गाउँका मानिसहरुले उनलाई सम्झाउनुभन्दा पनि उनको निर्णयलाई स्वागत गर्दै उल्टै सहयोग गरेका थिए ।
उनीहरुले धिरज बस्ने मन्दिर नजिकै खाल्डो पनि खनेका थिए ।
गत बुधबार नवरात्रीको पहिलो दिन धिरजको निर्देशन अनुसार गाउँका मानिसहरुले उनलाई जमिनमा गाडेका थिए ।
नजिकका गाउँका मानिसहरु पनि आएर यो ‘समारोह’ मा सहभागी भएका थिए ।
जब यो खबर नजिकैको प्रहरी कार्यालयमा पुग्यो प्रहरीले यो कार्य रोक्न टोली पठायो ।
प्रहरी अधिकारी मानसिंह देव र केही प्रहरी उनलाई उद्धार गर्न पुगे पनि गाउँलेले केही बेर उनहिरुलाई रोकेका थिए ।
टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार प्रहरीले गाउँलेलाई यसबाट उनको ज्यान जाने कुरा सम्झाएपछि मात्र उद्धार गर्न दिएका थिए ।
प्रहरीले धिरजलाई गाडेको स्थान खन्दा उनी बेहोस भइसकेका थिए ।
मिडिया रिपोर्टका अनुसार उनलाई तत्कालै नजिकैको स्वास्थ्य चौकी लगिएको थियो ।
उनको स्वास्थ्य अहिले सामान्य रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
-
चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
-
अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण