फेसबुकमा दोस्ती, २० वर्षे ठिटोसँग भागिन् ५० वर्षीया
भारतको मोदीनगरमा ५० वर्षे महिला २० वर्षे युवकसँग फरार भएको खबर सार्वजनिक भएको छ ।
जानकारीका अनुसार यी दुईको दोस्ती फेसबुकमार्फत भएको थियो । महिलाको एक छोराको विवाहसमेत भइसकेको बताइएको छ । महिलाका श्रीमानले यसबारे पुलिसलाई जानकारी दिएपछि घटना सार्वजनिक भएको हो । पुलिसले युवकको मोबाइल निगरानीमा राखेको छ ।
नवभारत टाइम्सका अनुसार महिलाका जेठो छोराले उनलाई ६ महिनाअघि मोबाइल दिएका थिए । त्यसपछि महिलाले ह्वाट्सएप र फेसबुक आइडी बनाएर चलाउन थालिन् । स्रोतलाई उद्धृत गर्दै नवभारत टाइम्सले लेखेको छ, ‘तीन महिनाअघि महिलाको फेसबुकमा युवकसँग दोस्ती भएको थियो । एक महिनादेखि दुबैजना फोनमा कुराकानी गरिरहेका थिए । सोमबार बिहान महिला फोन घरमा नै छोडेर भागेकी छिन् ।’
महिलाको फोन हेरेपछि यी दुईको प्रेमप्रसंगबारे खुलासा भएको बताइएको छ । युवक बीबीएका छात्र भएको बताइन्छ । पुलिस गजेन्द्रपाल सिंहले यी दुईको खोजी कार्य जारी भएको भारतीय संचार माध्यमलाई जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
-
चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
-
अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण