मालिक मारिएको सडक छेउमा ८० दिनदेखि कुरिरहेको कुकुर, जसले दुनियाँको मन जित्यो !
बीबीसी– चीनमा एक कुकुरले ८० दिनदेखि एक व्यस्त सडक छेउमा आफ्नो मालिक कुरिरहेको खबरले त्यहाँको अनलाइन समुदायको मन जितेको छ । घटना चीनको भित्री मंगोलियन प्रान्तको होह्होटको एक व्यस्त सडकको हो । उक्त सडक खण्डमा ८० दिनदेखि मालिक कुरिरहेको एक कुकुरको भिडियो फुटेज चीनको चर्चित सामाजिक सञ्जाल सिना वेइबोमा १४ लाख पटक हेरिसकिएको छ ।
चीनको भिडियो वेभसाइट पियरमा बताइएअनुसारमा २१ अगस्टमा आफ्नो मालिक सोही स्थानमा मारिएपछि उ प्रत्येक दिन सडकमा देखिएको छ । एक ट्याक्सी ड्राइभरले बताएअनुसार मानिसहरुले कुकुरलाई सहयोग गर्न खोज्दा कुकुर भाग्नेगर्छ ।
‘हामी ड्राइभरहरुले त्यो सानो कुकुरलाई केही न केही खाना दिन्थ्यौं, तर हामी गाडिबाट बाहिर निस्कनासाथ त्यो भाग्थ्यो,’ उनले भने । ‘उसको र मालिकको सम्बन्ध एकदम गहिरो थियो । उनी मारिएपछि उनको यो कुकुर सुरक्षा दिएझैं यहाँ उभिइरहेको छ । प्रत्येक दिन म यसलाई सडक छेउमा उभिरहेको देख्छु । मालिक र कुकुरबीचको सम्बन्ध निक्कै साँचो देखिन्छ,’ सोही ड्राइभरले भने ।
सिना वेइबोमा शेयर भएको भिडियो तीन दिनअघि नोभेम्बर १० मा खिचिएको थियो । उक्त वेबसाइटमा प्रयोगकर्ताहरु कुकुरको बफादारिताको तारिफ गरिरहेका छन् । एकजनाले लेखेका छन्, ‘यो सानो कुकुर कति धेरै बफादार रहेछ । मेरो परिवारको पनि एक कुकुर थियो । त्यसले हरेक दिन मलाई गाँउको स्कुल छेउमा पर्खिने गथ्र्यो ।’
अर्का प्रयोगकर्ताले यसको सुरक्षालाई लिएर चिन्ता व्यक्त गरेका छन् । उनले लेखेका छन्– ‘त्यसरी सडकको बीचमा उभिनु कुकुरको लागि खतरनाक छ । कुनै असल व्यक्तिले यसलाई पाल्न लगे हुने, त्यसरी पो यो बढी सुरक्षित हुन्थ्यो कि ।’ तर यो कुकुर चीनको समाजिक सञ्जालका प्रयोगकर्ताको मन जित्ने पहिलो कुकुर भने होइन ।
यो वर्षको शुरुमा पियर भिडियो प्रयोगकर्ताहरुमाझ एक बुढो कुकुरको चर्चा भएको थियो । साओङसाओङ नामक उक्त कुकुर आफ्नो मालिक कामबाट घर नआएसम्म एक ट्रेन स्टेसनमा धैर्यतापूर्वक कुरेर बस्थ्यो ।
जापानमा ‘हाचिको द अकिता’ नाम गरेको एक कुकुर आफ्नो बफादारिताको लागि १९२० को दशक चर्चित भएको थियो । हाचिको प्रत्येक दिन कामबाट फर्किएका आफ्नो मालिकलाई रेल स्टेशनमा लिन जान्थ्यो । उसले आफ्नो मालिक मरेको ९ वर्षपछि सम्म उक्त रेल स्टेशन धाइरहेको देखिन्थ्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
-
चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
-
अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण