बागलुङ जीप दुर्घटना अपडेटः ४ को मृत्यु, ६ घाइते
गुल्मी–बागलुङको बडीगाड गाउपालिका वडा नं ४ जलजला र वडा नं ५ ग्वालिचौरको वीचमा रहेको वादिपमा सोमबार दिउँसो ध १ ज १८४ नम्वरको यात्रुवाहक पीकअप जीप दुर्घटना भएको हुँदा चार जनाको मृत्यु भएको छ । ६ जना घाईते भएका छन् । घाईते मध्ये दुई जनाको अवस्था गम्भीर छ ।
जलजलावाट खर्वाङतर्फ आउँदै गरेको सो जिप ब्रेक फेल भई सडकवाट झण्डै ७ सय मिटर तल खसेको बताइएको छ ।
मृत्यूहुने हरुमा वडीगाड गाउँपालिका वडा नं ४ जलजलाका हुमेन काउचा, बडिगाड गाउँपालिका वडा नं ८ सिमाकका मुक्त पाइजा, वडा नं ८ रणसिंहका नर वहादुर शेर्वुजा, र गाडिचालक वडिगाड ४ जलजलाका तुल वहादुर पुन रहेका छन् । तुलबहादुर जीप चालक हुन् ।
त्यस्तै बडीगाड वडा नं ८ रणसिंह घर भई हाल ग्वालीचौर वस्दै आएका भिम वहादुर शेर्वुजा, बडिगाड वडा नं ८ रणसिंहका टेक वहादुर पाइजा र सोहि स्थानका दिपशिखा पाइजाको अवस्था गम्भिर रहेको छ भने वडा नं ८ कै बालमति पाइजा, दिनेश पाईजा, र पाण्डवखानी घर भई वडिगाड ५ सिमाक वस्दै आएका भिम वहादुर श्रीस घाइते भएका छन् ।
खारा प्रहरी चौकीका असई विष्णु लम्सालले घटनास्थल निकै भीर क्षेत्रमा रहेकाले उद्दारमा कठीनाई भइरहेको बताए ।
गाडिका मालिक मन वहादुर पुनले ढुँगा ओट राखि रोक्न खोज्दै गर्दा ओट नाघेर खसेको प्रत्यक्षदर्शिले वताएका छन्।
घाईतेहरुको उद्धारका लागि हेलिकोप्टर झिकाउन प्रमुख जिल्ला अधिकारी संग कुरा भैरहेको बडीगाड गाउपालिकाका अध्यक्ष मेहरसिँह पाईजाले बताए ।
घाइते भएकालाई हेलिकोप्टरबाट काठमाडौ ल्याइयो
जिप दुर्घटनमा परि घाइते भएकाहरुको हेलिकोप्टरबाट काठमाडौ पठाइएको छ । गम्भिर घाइते भएका बडीगाड वडा नंं ८ रणसिंह घर भई हाल ग्वालीचौर वस्दै आएका भिम वहादुर शेर्वुजा, बडिगाड वडा नं. ८ रणसिंहका टेक वहादुर पाइजा र सोहि स्थानकै दिपशिखा पाइजा, बालमाति पाइजा, दिनेश पाईजा, र पाण्डवखानी घर भई वडिगाड ५ सिमाक वस्दै आउनुभएका भिम वहादुर श्रीसलाई काठमाडौं पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के अर्जेन्टिनाले काला वर्णका खेलाडीहरूलाई स्थान दिँदैन ?
-
कांग्रेस–एमाले गठबन्धन भत्किए गण्डकीमा नेकपा हुन सक्छ निर्णायक
-
ग्यासमा हुने कालोबजारी नियन्त्रण गर्न समितिको निर्देशन
-
मधेस प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित
-
सिद्धिडाँडामा प्रचारप्रसार र पूर्वाधार आवश्यकता
-
सरकारले बर्डफ्लुबाट कुखुरा मरेपछि पीडित किसानलाई ५० करोड ७१ लाख राहत उपलब्ध गरायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण