धनीका कुराः हेलिकप्टर र फरारीभन्दा पनि महङ्गो फोन प्रयोग गर्छिन् नीता अम्बानी
एजेन्सी– विश्वकै शक्तिशालीको ३८ औं स्थानमा रहेका भारतका मुकेश अम्बानी फोब्र्स एसियाका अनुसार विश्वका अर्बपतिको सूचीमा उनी २२ औं स्थानमा छन् ।
धनी अम्बानीको घर, गाडी, रहनसहन देखि लिएर उनको घरमा काम गर्ने कर्मचारीको तवल सुुविधाको समेत निकै चर्चा हुने गर्छ ।
उनी र उनका परिवार अनि उनीहरुको जीवनशैलीको विषयमा धेरैको चासो पनि रहन्छ ।
रिलायन्स कम्पनीका मालिक मुकेश अम्बानीकी श्रीमती कस्तो फोन प्रयोग गर्छिन् त ?
मुकेश अम्बानीकी श्रीमती नीता अम्बानी धेरै खर्च गर्ने महिलामा पर्छिन् । उनी दैनिक ३ भन्दा बढी मूल्यको चिया पिउने गर्छिन् । भने उनले प्रयोग गर्ने हरेक सामानको मूल्य निकै महङ्गो हुने भारतीय सञ्चार माध्यममा उल्लेख गरिएको छ ।

सबैभन्दा सस्तो फोन भएको दावी गर्ने जियो कम्पनीका मालिक अम्बानीकी श्रीमती नीता अम्बानीको फोनको मूल्य ३१५ करोड पर्छ । जुन मूल्यमा प्राइभेट जेट पनि किन्न सकिन्छ । भने उनको मोबाइल फाल्कोन सुपरनोभा स्मार्टफोनको मूल्य ४८.५ मिलियन डलर रहेको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार नीता अम्बानीसँग falcon supernova IPhone 6 pink diamond रहेको छ ।
यो फोन बनाउने कम्पनीले विश्वका केहि धनी व्यक्तिहरुका लागि विशेष मागका आधारमा फोन निर्माण गर्ने गर्छ । यो फोन २०१४ मा लन्च भएको थियो । फोन २४ क्यारेट सुन र पिंक सुनबाट बनेको छ । जसमा प्लाटिनमबाट कोटिङ् गरिएको छ जसले फोनलाई फुट्नबाट बचाउँछ ।
फोनको पछाडिको भागमा हिरा जडान गरिएको छ । यो फोनको विशेषता यसलाई ह्याक गर्न सकिदैन । ह्याक गर्ने प्रयास गरेको सूचना फोनमा तुरुन्तै आउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
-
चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
-
अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण