जिब्रोले निधार छुन सक्ने यी नेपाली, गिनिज बुकमा नाम लेखाउने धोको (भिडियोसहित)
उर्लाबारीका एक व्यक्ति आफ्नो निकै अचम्मको क्षमताका कारण अहिले देश विदेशमा चर्चित छन् ।
आफूसँग संसारको सबैभन्दा लामो जिब्रो भएको दाबी गर्ने ३५ वर्षे यज्ञ बहादुर कटुवालले तल्लो ओठले पूरै नाक छोप्न सक्छन् भने जिब्रोले आँखीभौं चाट्न सक्छन् ।
जिब्रोले निधार छोएको भिडियो सोसल मिडियामा कटुवालको एक साथीले सार्वजनिक गरेपछि उनी एकाएक चर्चित भएका हुन् ।
स्कूलका ड्राइभर उनलाई कामका बेला आफ्नो कला नदेखाउन सचेत गराइएको छ । उनलाई यसो गरेको देखेर विद्यार्थीहरु डराउने गरेको उनले भिडियोमा बताएका छन् ।
‘बच्चाहरु मलाई देखेर भाग्छन् । मेरो छेउमा पर्दैनन्,’ उनले भने ।
‘बच्चामात्र होइन, मैले यस्तो गरेको देखेर ठूलाले पनि होस् गुमाउन सक्छन् ।’
‘यदि मैले हरर फिल्ममा काम गर्ने मौका पाएँ भने दर्शकलाई डराउन अन्य कलाकारलाई झैं मलाई मेकअपको आवश्यकता पर्दैन । ’
मानिसहरुको नकारात्मक प्रतिक्रियाले आफूलाई केही पनि फरक नपार्ने उनी बताउँछन् । उनी भन्छन्, ‘म यस्तै छु, यसैमा म राम्रो देखिन्छु ।’ यति भन्दै उनले पुनः तल्लो ओठले आफ्नो नाक छोपे ।
यस्तो अद्भूत क्षमताका कारण उनी आफ्नो नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता हुने आशामा छन् ।
उनको भिडियो खिच्ने पुस्कर नेपाल भन्छन्, ‘उनी शारिरिक र मानसिक रुपमा स्वस्थ छन् । निधारलाई चाट्न सक्ने आफ्नो क्षमताबारे उनलाई निकै सानो उमेरमा थाहा भयो ।’
‘उनको एउटा मात्र दाँत छ, त्यसैले पनि उनले यस्तो गर्न सकेका हुन् । उनको यो क्षमता निकै अचम्मको छ तर अद्भूत पनि ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
-
चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
-
अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण