दुई सय रुपैयाँको दही चोरीमा ७० हजारको डिएनए जाँच
एजेन्सी – ताइवानको ताइपेस्थित चाइनीज कल्चर विश्वविद्यालयमा अध्ययनरत एक छात्राको दही चोर पत्ता लगाउन ७० हजार खर्च भएको छ ।
छात्राले ताइवान पुलिसलाई आफ्नो फ्रिजबाट हराएको दही कसले चोरेको हो पत्ता लगाउन बारम्बार आग्रह गरेपछि पुलिसले औँठाछाप समेत जाँच गर्नुप¥यो ।
छात्राले ताइवान पुलिसमा फ्रिजबाट दही चोरी भएको रिपोर्ट लेखाइन् । पुलिसले दही चोर पत्ता लगाउन औँठाछापदेखि डिएनए परिक्षण गरेर चोर पत्ता लगाएपछि पुलिस विवादमा तानिएको छ ।
आश्चर्यको कुरा त के छ भने ताइवान पुलिसले २०० रुपैयाँको दहीको लागि लगभग ७० हजारको परिक्षण गरेको थियो ।
विश्वविद्यालयकी छात्राले फ्रिज खाल्दा उनको दही गायब भएपछि सँगै बस्ने अरु ५ जना साथीलाई दही हराएको कुरा सुनाइन् तर उनीहरुले आफूहरुलाई थाहा नभएको बताएपछि उनी रिसाउँदै पुलिसमा रिपार्ट लेखाउन गइन् ।
सुरुमा पुलिसले खाली दहीको बोतलको फिङ्गरप्रिन्ट जाँच गर्यो तर चोर पत्ता लगाउन सकेन र विस्तृत परिक्षणको लागि डिएनए परिक्षण गर्दा चोर पक्राउ गर्न सफल भएको थियो ।
परिक्षणमा १८००० ताइपेइ डलर खर्च गरेको छ । जुन नेपाली रुपैयाँमा झण्डै सत्तरी हजार हो । जबकि दहीको मूल्यचाहिँ जम्मा ५९ ताइपेइ डलर पर्छ । जसको मूल्य झण्डै दुई सय रुपैयाँ पर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
-
चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
-
अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण