महिलाको शिरमा ढाका टोपी (फोटोफिचर)
काठमाडौं– ‘नेपाली टोपी : हाम्रो गौरव हाम्रो पहिचान’ भन्ने नारासहित छैठौँ नेपाली टोपी दिवस मनाइएको छ ।
राष्ट्रिय पहिचानको रुपमा रहेको नेपाली टोपीको संरक्षण र जगेर्ना गर्ने उदेश्यसहित ५ बर्षयता अङ्ग्रेजी नयाँ बर्षको दिन टोपी दिबस मनाउन थालिएको हो ।
दिवसका अवसरमा आज जागरुक युवा अभियान नेपाल लगायतका विभिन्न संघ संस्थाले प्रभातफेरी निकालेका छन् ।
जागरुक युवा अभियानको अगुवाइमा मंङ्गलबार बिहान काठमाडौंको माइतिघर मण्डलाबाट निकालिएको र्याली बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।
र्यालीमा नेपाली टोपी पहिरिएका महिला र पुरुषहरुको उल्लेख्य सहभागिता रहेको थियो । टोपीका साथै उनीहरुले राष्ट्रिय झण्डा समेत प्रदर्शन गरेका थिए ।
र्यालीमा सहभागिहरुले ‘देशलाई औपचारिक पोशाकको खाँचो’ लेखिएका प्लेकार्ड बोकेका थिए । अभियानका संयोजक घनश्याम श्रेष्ठले युवा पुस्तामा राष्ट्रिय पोशाकको महत्व दर्शाउन नेपाली टोपीको प्रयोग र सम्बर्धनका लागि टोपी दिवसको सुरुवात गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण