अष्ट्रेलियामा कार्यरत १ नेपाली युवालाई ८ महिनाको जेल सजाय सुनाइयो
बुधबार, ०९ माघ २०७५, १९ : ५६
काठमाडौं– अष्ट्रेलियामा कार्यरत एक नेपाली युवालाई त्यहाँको अदालतले ८ महिना जेल सजाय सुनाएको छ। कार्यस्थलमा एक वृद्धमाथि कुटपिट गरेको अभियोगमा
नेपाली युवा प्रकाश पौडेललाई ८ महिनाको जेल सजाय सुनाइएको हो ।
एजकेयरमा एआइएनका रूपमा कार्यरत पौडेलमाथि सिड्नीको म्यानलीस्थित अदालतले दोषी ठहर गर्दै सो निर्णय गरेको जनाइएको छ ।
उत्तरी सिड्नी क्षेत्रको नर्सिङ होमस्मा कार्यरत ३६ वर्षीय पौडेलले ८२ वर्षीय वृद्धमाथि हातपात गरेका भिडियो र तस्विरहरु सार्वजनिक भएका थिए । तर पौडेलले चार महिनापछि बेलका लागि आवेदन दिन सक्ने जनाइएको छ ।
डिमेन्सीया रोगीका रूपमा रहेको वृद्धलाई उपचारका क्रममा केयरटेकर पौडेलले हातपात गरेको भन्दै सम्बन्धित परिवारले भिडियो सार्वजनिक गरेको थियो । भिडियो सार्वजनिक भएलगत्तै उक्त परिवारले अदालतमा मुद्धा दायर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण