मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फिल्म ‘मणिकर्णिका’ रिलीज अघि नै विवादमाः अदालतले दियो यस्तो आदेश

शुक्रबार, ११ माघ २०७५, ११ : ११
शुक्रबार, ११ माघ २०७५

मुम्बई – बलिउड अभिनेत्री कंगना रनौत अभिनित फिल्म ‘मणिकर्णिकाः द क्विन अफ झासी’ आजबाट सिनेमा हलमा रिलीज भएको छ । फिल्ममा उठाइएका विषयवस्तुलाई लिएर फिल्म बन्द गर्न आग्रह गर्दै अदालतमा रिज जायर गरिएको थियो । तर अदालतले फिल्म रिलीज गर्न आदेश दिएको हो । 

ऐतिहासिक तथ्यमा आधारित फिल्ममा इतिहासको अपव्याख्या भएको भन्दै वकिल विवेक तांबले फिल्म रिलीज हुनबाट रोक्न अनुरोध गर्दै अदालत पुगेका थिए । तर अदालतले उनको आग्रहलाई अस्वीकार गरिदियो । वकिल विवेकले झासीकी रानी लक्ष्मीबाईको परिवारको पाचौँ पुस्ताको सदस्य भएको दाबी गरेका छन् । 

उनले कंगना अभिनित फिल्म ‘मणिकर्णिका’मा ऐतिहासिक तथ्य गलत भएको खुलासा गरेका छन् । फिल्ममा झासीकी रानीको जन्म १८२८ मा भएको भनिएको छ तर उनको वास्तविक जन्म १८३५ मा भएको थियो । 

फिल्म निर्माताले भने इतिहासकारहरुकै सल्लाह र तथ्यमा आधारित मिति फिल्ममा उल्लेख गरिएको बताएका छन् । उनले केन्द्रीय फिल्म बोर्डका वकील अद्वैत सेठनाले मुख्य न्यायाधीश एन एच पाटिल र न्यायमूर्त एन एम जामदारको इजालासमा यो विषयमा गम्भीर छलफल गरेर नै प्रमाणपत्र दिएको उल्लेख गरे ।  

फिल्म निर्माताले फिल्ममा केही तथ्य नाटकीय र काल्पनिक बनाइएको छ भने फिल्ममा सूचना दिइएको उल्लेख गरे । 

फिल्म आजबाट रिलीज भइसकेको छ । फिल्ममा राधा कृष्ण जगरलामुदी र कंगना रनौतको निर्देशन रहेको छ । त्यसैगरी कंगना रनौत, अतुल कुलकर्णी र जिशु सेनगुप्ताको मुख्य भूमिका रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप